Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

बर्दिया,१७ पौष । बर्दियाको राजापुर नगरपालिका वडा न १ दौलतपुरका बिष्णु जोशीलाई नेपाल सरकारले राष्ट्रिय यूवा परिषद अन्र्तगतको जिल्ला युवा समिति बर्दियाको अध्यक्ष पदमा नियुक्त गरेको छ । 

गत बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले जोशीलाई युवा समिति बर्दियाको अध्यक्ष पदमा नियुक्त गरेको हो । अन्र्तराष्ट्रिय संस्था लियो क्लबको केन्द्रीय कोषाध्यक्ष समेत रहेका जोशीले आफ्नो नियुक्तिसँगै थप उत्साह र उर्जा थपेको बताए ।

 उनले बर्दिया निर्माणमा युवा जोश जागरलाई परिचालन गरि शिक्षा आर्जन,स्वास्थ्योपचारमा युवाहरुलाई छुट तथा सहुलियत दिलाई युवाहरुलाई तालिम,अनुदान उपलब्ध गराएर उद्योगधन्दा तथा व्यापार व्यवसाय तर्फ आर्कषण बढाई उनीहरुको जीवनस्तर उकास्न आफु र आफनो कार्यालयले सहजीकरण गर्ने बताए ।
स्वदेशभित्रै रोजगारीको सृजना गर्न गराउन आफुले सरकार,संघसंस्था,स्थानीय तह र निजीक्षेत्रसंग सहकार्य गर्ने बताउदै अध्यक्ष जोशीले विदेश जान चाहने युवाहरुलाई पनि तालिम, सीप सिकेर र सहि सुचना लिएर मात्र विदेश जान सुचना र परामर्श समेत दिईने बताए ।

२०४३ साल असोज ८ गते दौलतपुरमा जन्मिएका जोशीले अंग्रेजीमा स्नातक गरेका छन् । २०६१ सालदेखि २ पटक वीरेन्द्र बिद्या मन्दिर टीकापुरमा नेपाल बिधार्थी संघको ईकाई अध्यक्ष रहेको जोशीलाई २०६३ देखी ०६८ सम्म त्रिचन्द्र क्याम्पसमा ने वि संघको इकाईमा बिभिन्न तहमा बसेर काम गरेको अनुभव छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply