Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

युएई, माघ । यूएर्इमा रहेका थारू समुदायले माघी पर्व र थारु समुदायमा प्रचलित नयाँ वर्ष २६४२ समे भब्यरुपमा मनाएका छन् । माघे सन्क्रान्तीको सेरोफेरोमा धेरैको बिदालाई मध्यनजर गर्दै गत पुस २८ शुक्रबार दुबईमा माघी विशेष कार्यक्रम गरिएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघ यूएई शाखाका अध्यक्ष पासाङ् शेर्पाको प्रमुख आथित्यमा थारु कल्याणकारिणी समाजमा आबद्ध थारुहरु र शुभचिन्तकहरुले माघी पर्व एबम थारु नयाँ वर्ष २६४२ बिधिवत रुपमा मनाएका हुन् ।
रोजगारीको सिलसिलामा यूएईमा रहेका सिमित थारुहरुको उपस्थितिमा मनाइएको माघी पर्वको सहजिकरण समाजका कोषाअध्यक्ष वासुदेब चौधरीले गरेका थिए भने प्रवक्ता खेम महतोले औपचारिक कार्यक्रममा सहभागी अतिथिहरुलाई स्वागत गरेका थिए ।
कार्यक्रममा थारु महिला जनजागरण संघ मध्यपस्चिमाञ्चल नेपालबाट अध्यक्ष सुशिला चौधरी विशेष अतिथिका रूपमा उपस्थित भएकी थिइन् । चौधरीले माघे संक्रान्तीका साथै नयाँ बर्ष २६४२ को महत्त्वका बारेमा प्रकाश पारेकी थिइन् । दुबईको जाबिल पार्कमा आयोजना गरिएको उक्त कार्यक्रमममा थारुहरुको मौलिक खानाको ब्यवस्था आयोजकले गरेको थियो । मन्तब्यका क्रममा चौधरीले प्रवास भएका थारु समुदायलाई अझ जागरुक पार्दै आफ्नो कला र संस्कृतिलाई जगेर्णा गर्नुपर्नेमा जोड दिइन् ।
किशोर चौधरीको सभापतित्वमा भएको औपचारिक कार्यक्रमको समापन पछि रमाइलो खेलकुद समेत प्रदर्शन गरिएको थियो । खेलकुदको सहजिकरण लेखकुद विभागका प्रमुख बुद्धि चौधरीले गरेका थिए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply