काठमाडौं, माघ । हालै हाँस्यकलाकार मनोज गजुरेलसँग डिभोर्स गरेकी मीना ढकालले काठमाडौंको मध्यबानेश्वरमा ‘आमाछोरी बुटिक’ सञ्चालनमा ल्याएकी छिन् । गत शुक्रबार एक कार्यक्रमबीच गायिका कमल वलीले उक्त बुटिकको उद्घाटन गरेकी हुन् ।
‘मन्त्र दिव्य स्क्वायर’ पहिलो तलामा रहेको सो बुटिक उद्घटनमा कमल वलीसहित चिफ गेष्टका रुपमा पत्रकार अनिता बिन्दुलाई आमन्त्रण गरिएको थियो । उद्घाटन कार्यक्रममा मीनाका आफन्त, शुभचिन्तक लगायतको उपस्थिति रहेको थियो । बुटिक सञ्चालन गरेकी मिनाले ग्राहकको चाहनालाई ख्याल गरेर नयाँ नयाँ डिजाइनका पोशाकहरु ल्याउने बताइन् ।
0 Comments