Ticker

6/recent/ticker-posts

ब्राजेलियन रोनाल्डिन्होले लिए फुटबलबाट सन्यास

काठमाडौं, माघ ।  ब्राजिलका विश्वचर्चित  फुटबलर रोनाल्डिन्होले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । रोनाल्डिन्होले सन् २०१५ देखि फुटबल प्रतिस्पर्धामा नखेलेको भए पनि अहिले आएर मात्रै सन्यासको घोषणा गरेका हुन् ।
अहिले ३७ वर्षका रहेका रोनाल्डिन्होले सन् २००२ मा ब्राजिललाई विश्वकप फुटबलको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

उनले सन् २००६ मा बार्सिलोनाबाट च्याम्पियन्स लिगको उपाधि जितेका थिए । त्यसअघि सन् २००५ मा उनी वर्षको उत्कृष्ट खेलाडीले पाउने बालोन डी’ओर अवार्ड जित्न सफल भएका थिए । उनका भाइ तथा एजेन्ट रोबर्टो एसिसले मंगलबार रोनाल्डिन्होले फुटबलबाट सन्यास लिएको बताएका छन् ।

रोनाल्डिन्होको सम्मानका लागि शृङ्खलाबद्ध रुपमा इभेन्ट गरेपछि सन्यासको घोषणा आएको हो । रोनाल्डिन्होले ब्राजिलियन क्लब ग्रिमिओबाट व्यवसायिक फुटबलको सुरुवात गरेका थिए । उनी सन् २००१ मा ग्रिमिओबाट फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन ९पिएसजी० गए । सन् २००३ मा पिएसजीबाट बार्सिलोना गएका रोनाल्डिन्होले पाँच वर्षको बसाइमा दुई पटक ला लिगा तथा एक पटक च्याम्पियन्स लिगको उपाधि उचाले ।

सन् २००८ मा इटालियन क्लब एसी मिलान गएका उनी सन् २०११ सम्म त्यहाँ रहे । त्इस क्रममा उनले सन् २०१०–११ को सिजनमा सिरी ए फुटबलको उपाधि जिते । सन् २०११ मा उनी ब्राजिलियन क्लब फ्लामेन्गो गए । त्यसपछि एथ्लेटिको मिनेइरो, मेक्सिकोको क्वेरितारो तथा फ्लुमिनेन्सेबाट पनि खेले । उनले ब्राजिलको राष्ट्रिय टिमबाट ९८ खेल खेलेका छन् । उनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन् २०१३ मा सन्यास लिएका थिए । 

Post a Comment

0 Comments