
आइएसए परियोजना अन्र्तगत श्रीलंका र बंगलादेशका विद्यालयसंग सहकार्य गर्ने सिलसिलामा बेबिलोन स्कुलले यी आयोजना प्रस्तुत गरिएको हो ।
सोही सिलसिलामा प्रि प्राइमरी लेवलका विद्यार्थीका साथै ७ र ८ का विद्यार्थीले अलग अलग समूहमार्फत आफ्नो परियोजनाको विषयवस्तु समेटेर शिक्षकको सहयोगमा संकलन गरेका वस्तुहरुको प्रदर्शनी तथा पावरप्वाइन्ट प्रस्तुति गरेका छन् ।
विद्यालय हातामा गरिएको सो प्रदर्शनीको अन्य कक्षाका विद्यार्थी, शिक्षक र अभिभावकको साथै ब्रिटिस काउन्सिलको स्कुल एम्बेसडर सुर्दशन सुवेदीले पनि अवलोकन गरेको विद्यालयको आइएसए को अर्डिनेटर अनिता सिग्देलले बताइन ।
प्रि प्राइमरी लेवलका साना केटाकेटीले शिक्षिकाद्वय निशा उपाध्या र शितल शाहको सहयोगमा यातायातसंग सम्वन्धित सडक, सडक वत्ति, जेव्रा क्रसिंग, सवारी साधन, ट्राफिक प्रहरी, पैदलयात्री सबै झल्किने प्रदर्शन गरेका थिए ।
यसैगरी शिक्षिका रीता लिवीको सहयोगमा नेपालमा बौद्धधर्म (बुद्धिजम) का बारेमा विस्तृत कुरा झल्किने प्रदर्शनी र पावर प्वाइन्ट प्रस्तुति गरेका थिए । उनीहरुले भक्तपुरको पुरानो मुनिविहारबाट बुद्धधर्मका अनुयायी, बौद्ध भिक्षु, वौद्ध धर्मावलम्वीहरुले प्रयोग गर्ने वस्त्र, भिक्षाटनसंग सम्वन्धित सामाग्रीहरु समेत ल्याएर प्रदर्शन गरेका थिए ।
त्यसका साथै भगवान बुद्ध जन्मेको ठाँउ लुम्बिनी, ज्ञान प्राप्त गरेको ठाउँ र भगवान बुद्धले महापरिनिर्वाण प्राप्त गरेको अवस्थादेखि बौद्ध गुम्बा, विहार, स्तुपालगायतका विषयमा प्रर्दशन र प्रस्तुति गरेका थिए ।
यसैगरी अर्काे समूहका विद्यार्थीले नेपालमा रहेका दूर्लभ प्रजातिका चराचुरुंगी र वन्यजन्तुहरुका बारेमा सदर चिडियाखाना लगायत विभिन्न ठाउँमा गएर संकलन गरेका सूचना र तस्वीर प्रदर्शन र पावर प्वाइन्टबाट देखाएका थिए । उनीहरुलाई शिक्षकद्वय धुवराज राई तथा मनोज मण्डलले सहयोग गरेका थिए ।
0 Comments