Ticker

6/recent/ticker-posts

सातौँ फिजमकप फुटबल शुरु, उद्घाटन खेलमा बेस्ट ग्रुप विजयी

काठमाडौं, माघ । संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम्)को आयोजनामा उपत्यकाब्यापी अन्तर विद्यालय फुटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । 

प्रतियोगितामा उपत्यकाका २४ विद्यालय सहभागी छन् । नक आउट चरणमा खेलाईने प्रतियोगिता २७ गते समापन हुने फिजम्का सचिव एवं फुटबल प्रतियोगिताका संयोजकदेवीप्रसाद डोटेलले जानकारी दिनुभयो । 

विद्यालयहरुबीच सद्भाव कायम गर्ने तथा विद्यार्थीहरुलाई खेलका माध्यमबाट प्रतिभा उजागर गर्ने उद्देश्यले हरेक वर्ष फिजम्ले आफ्ना सदस्यविद्यालयहरुबीच यस किसिमका प्रतियोगिता गर्ने गरेकाले त्यसैको निरन्तरता स्वरुप प्रतियोगिता गरेको डोटेलले स्पष्ट पार्नुभयो ।

प्रतियोगिता अन्तर्गत आजको उद्घाटन खेलमा डिफेण्डिङ च्याम्पियन बेस्ट गु्रप भिजन इंग्लिस स्कुलले विजयी सुरुवात गरेको छ । बेस्ट गु्रपले अन्नपूर्ण ईंग्लिस सेकेण्डरी स्कुललाई ६–० को विशाल स्कोरले पराजित गरेको हो । प्रतियोगितामा अन्नपूर्ण स्कुलका ऋतिक लामिछाने म्यान अफ दि म्याच घोषित भए । 


Post a Comment

0 Comments