Ticker

6/recent/ticker-posts

जाजरकोटको भाइरल ‘एच थ्री एन टु’

काठमाडौं, पुस । जुनचाँदे गाउँपालिकामा तीन सातादेखि फैलिएको भाइरल इन्फ्लुएन्जा टाइप ए ‘एच थ्री एन टु’ अर्थात् ‘सिजनल फ्लु’ भएको पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले रोगको पुष्टि गरेको हो। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

पाँच बिरामीमध्ये एक जनामा भाइरल इन्फ्लुएन्जा टाइप ए ‘एच थ्री एन टु’ फेला परेको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले बताए। बिरामीको नमुना रगत संकलन गरेर केही दिनअघिमात्र प्रयोगशालामा पठाइएको थियो।

अन्य चार जनामा भने कुनै प्रकारको लक्षण नदेखिएको शताइएको छ। ‘एक जनामा देखिएको पनि सामान्य खालको सिजनल फ्लुको लक्षण हो’, उनले भने, ‘यो जाडो समयमा लाग्ने सामान्य रुघाखोकी हो। एच वान एन वान भनेको स्वाइन फ्लु को, त्योभन्दा यो अलि कमजोर खालको हो। यसबाट धेरै आत्तिनुपर्दैन।’

हालसम्म रुघाखोकी र ज्वरोका एक हजार ५५ जनाको उपचार गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। प्रभावित क्षेत्रमा हाल चार चिकित्सकसहित १७ स्वास्थ्यकर्मी परिचालन गरिएको छ।

Post a Comment

0 Comments