Ticker

6/recent/ticker-posts

एलडीसीको एलइजीमा नेपालका कृषी अर्थविद नरेश शर्मा निर्वाचित

काठमाडौं,  माघ । कृषि अर्थविद् नरेश शर्मा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्टसंघीय महासन्धी (युएनएफसीसीसी) अन्तर्गतको अति कम विकसित देशका विज्ञहरूको समूह (एलइजी) को अध्यक्षतामा निर्वाचित भएका छन् । 

सन् २०१८ देखि २०१९ सम्मको दुई वर्षका लागि शर्मा नेपालकातर्फबाट अध्यक्षमा निर्वाचित भएका हुन् । अफ्रिकाको सान टोम एण्ड प्रिन्सिपमा सोमबार सम्पन्न समूहको बैठकले शर्मालाई निर्वाचित गरेको हो ।

समूहका विज्ञहरूको यो ३३औं बैठक हो । बैठकले उपाध्यक्षमा आद्रितो सान्तना निर्वाचित भएका छन् । यो समूहले जलवायु परिवर्तनसम्बन्धी विभिन्न छलफल र निर्णयमा अति कम विकसित देशकातर्फबाट महत्वपूर्ण योगदान गर्छ ।

अल्पविकसित मुलुकको रुपमा रहेको नेपालबाट एलइजीको अध्यक्षता ग्रहण गर्नु आम नेपालीका लागि गौरवको विषय हो । यो अवधिमा अध्यक्ष शर्माले नेपालका लागि गर्नुपर्ने सबै काम दत्तचित्तका साथ पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

Post a Comment

0 Comments