Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, १८ माघ । प्रदेश नम्बर ३ को प्रदेशसभाको पहिलो अधिवेशन आज बस्दैछ । अधिवेशनका लागि पाँच वटा विषयमा कार्यसूची तयार गर्न सर्वसम्मतीबाट निर्णय गरिएको छ । 
सो सर्वदलीय निर्णयले प्रदेश प्रमुख अनुराधा कोइरालाले आह्वान गर्नुभएको ऐतिहासिक प्रदेशसभाको अधिवेशनसम्बन्धी सूचनाको विवरण प्रदेशसभाका ज्येष्ठ सदस्य डोरमणि पौडेलले प्रस्तुत गर्नुहुने भएको छ ।

यसैगरी सोही सर्वदलीय बैठकले प्रदेशसभाको ऐतिहासिक अधिवेशनमा सात वटा दलको तर्फबाट बोल्ने प्रदेशसभा सदस्य र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यलाई बोल्नेक्रम र समय निर्धारण गर्ने सूची तयार गरिएको छ । 

सर्वदलीय बैठकले प्रदेशसभाको अधिवेशनमा सभामुखको अनुपस्थितिमा कार्य सञ्चालन गर्न प्रदेश सदस्यहरुको तर्फबाट सदस्य मनोनित गर्ने निर्णय गरेको छ । यसैगरी उक्त बैठकले प्रदेशसभाको अधिवेशनमा अन्तरिम कार्यविधिको सूची प्रस्तुत गर्ने निर्णय गरेको छ । सोही बैठकले प्रदेशसभा सभामुखका लागि यही माघ २९ गते निर्वाचनको मिति तोक्न छ । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply