Ticker

6/recent/ticker-posts

३ नम्बर प्रदेशको पहिलो बैठकमा ५ वटा कार्यसूची

काठमाडौं, १८ माघ । ३ नम्बर प्रदेशको प्रदेशसभाको पहिलो बैठक आज बस्दैछ । प्रदेश प्रमुख अनुराधा कोइरालाले आज दिउँसो १ बजेका लागि बैठक बोलाउनु भएको छ । 
प्रदेश सचिवालय हेटौँडामा बस्ने पहिलो बैठकमा ५ वटा कार्यसूची तय गरिएको छ । बैठकमा सभामुखले प्रदेशप्रमुखबाट प्राप्त अधिवेशन आह्वाानसम्बन्धी पत्र बढेर सुनाउने पहिलो कार्यसूची छ । त्यसपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिले आप्mनो मन्तव्य दिनुहुनेछ । 
तेस्रो कार्यसूचीमा प्रदेश नम्बर ३ को प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित गरिनेछ । सोही कार्यविधि बमोजिम सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन सभामुखले गर्ने र अन्तिम कार्यसूचिमा प्रदेश सभामुखको निर्वाचनको लागि मिति तोक्ने रहेको ३ नम्बर प्रदेश सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

Post a Comment

0 Comments