Ticker

6/recent/ticker-posts

फाहोर गर्नेलाई स्पोर्टमा नै डण्डा हान्नुपर्छ : मन्त्री पण्डित

काठमाडौं, ७ फागुन ।  जनसङ्ख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले फाहोर गर्नेलाई स्पोर्टमा नै डण्डा हान्नु पर्ने बताएका छन् । आज रिपोर्टस क्लवमा वागमती बचाउ अभियान नेपाल राधिका ट्रस नेपालद्वारा अयोजना गरिएको सम्मान कार्यक्रममा बोल्दै मन्त्री पण्डितले भने ‘नेपालको प्रकृतिलाई मानवमैत्री वातावरण बनाउने उद्घोष गरेका छन् ।’ जनता र राष्ट्र प्रति ज्यानको आहुति दिनु पनि पछि नपर्ने बताउँदै गाला सुम्सुम्याएर देश नबन्ने बताएका छन् । उनले अव प्लास्टिक प्याकिङका सामानहरु वन्द गर्ने र त्यसको ठाउँमा अर्को विकल्पको खोजी गरिरहेको बताएका छन् ।
त्यस्तै कार्यक्रममा वोल्दै महिला तथा वालवालिका मन्त्री थममाया थापाले जनताको आशालाई व्यवहारमा उतारेर देखाउने बताएकि छिन् । उनले कामको मुल्याङकन गरी जनताले जनमत दिदै लालबाबु पण्डित जस्ता बाम गठबन्धका नेतालाई जिताएको र आगामि दिनमा अझ वढी जनमुखी कार्यहरु गर्दै जाने बताएकि छिन् ।
कार्यक्रममा वोल्दै राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सीनाले डिभी र पिआर पाएका राष्ट्रसेवकलाई सेवादेखि हटाएर मन्त्री लालबाबु पण्डितले नेपाली जनताको मनमुटुको कार्य गरी मन्त्री पण्डित एउटा पार्टीको मात्र नेता नभई देशको नेताको रुपमा रहेको उल्लेख गरेकी छिन् । आयुक्त तिम्सीनाले मन्त्रीलाई खादा तथा मालाले सम्मान मात्र गरेको नभई त्यो माला र खादाले मन्त्रीलाई देश विकासको निम्ती कार्यभार थप गरी थिचेको जानकारी गराएकि छिन् । नेपालमा राज्यद्वारा ७३ प्रकारका औषधिहरु सित्तैमा वितरण गर्ने तर त्यो कुरा सर्वसाधारण जनतालाई ज्ञान नभएकाले सूचनाको प्रवाहलाई प्रभावकारी ढंगले अघि वढाउन समेत सुझाव दिएकि छिन् ।
कार्यक्रको संयोजक तथा समाजसेवी राधिका पोखरेलले सवै नेपाली जनता, पार्टीका नेता, कार्यकर्ता, सरकारका मन्त्री तथा सम्पूर्ण सरोकारवालाले सामाजिक भावनाको विकास गर्नुपर्ने धारणा राखेकी छिन् । उनले कुनै एउटा पार्टीको नेताले भन्दा समग्र जनताको समाजसेवी नेताले जीत हासिल गर्नुपर्ने र अहिलेको चुनावमा समाजसेवी नेताले विजय हासिल गर्नु भएकोमा खुसी व्यक्त गरेकी छिन् । समाजसेवी नेतामध्येका एक अग्रणी नेताका रुपमा आफुले मन्त्री लालबाबु पण्डितलाई लिएकोले वहाँलाई चुनाबमा आफुले सक्ने थोरै आर्थिक सहयोग गरेको समेत धारणा प्रस्तुत गरेकी छिन् । 
उनले सरकारले जग्गाको व्यवस्थापन गरीदिएको खण्डमा काठमाडौंमा चाइल्ड केयर संचालन गर्ने योजना रहेको र त्यसमा सहयोग गर्न नेपाल सरकारलाई आग्रह समेत गरेकी छिन् । उनले समाजसेवा नै आफ्नो धर्म रहेको जनाउँदै आफुले जीवनमा कमाएको ८० प्रतिशत रकम समाज सेवाको क्षेत्रमा नै समर्पित गर्ने उद्घोष गरेकी छिन् । त्यस्तै आफ्नो जन्मथलोको रुपमा रहेको तेह्रथुम जिल्लाको म्याङ्लुङ क्याम्पसको लाइव्रेरी हस्तान्तरण गर्ने तयारीमा रहेको समेत जानकारी दिएकी छिन् । त्यस्तै कार्यक्रममा केशव पुडासैनीले वागमती अभियान संचालन गर्दै अवका दिनमा काठमाडौंलाई हराभरा बनाउन वृक्षारोपण गर्ने बताएका छन् ।

Post a Comment

0 Comments