काठमाडौं, १ फागुन । नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा नेपालले तेस्रो जित हात पारेसँगै शीर्ष दुईको सम्भाबना जिवितै राखेको छ । सोमबार भएको चौथो खेलमा केन्यालाई ३ विकेटले हराउँदै नेपालले तेस्रो जित निकालेको हो ।
यसअघि पहिलो खेलमा आयोजक नामिवियालाई १ विकेटले हराएको नेपालले दोस्रो खेलमा ओमानसँग पराजय व्यहोरेको थियो । तर, तेस्रो खेलमा भने नेपालले संयुक्त अरब इमिरेटस् (यूएई)विरुद्धको खेलमा चार विकेटको जित हात पारेको थियो । नेपालले अब बुधबार क्यानडाको सामना गर्दैछ । क्यानडासँग नेपालले जित हात पारे नेपाल शीर्ष दुई पर्ने पक्का छ । तर, पराजित भएको खण्डमा शीर्ष दुईको सम्भावना टुंगिने देखिन्छ ।
अहिलेसम्म पहिलो स्थानमा रहेको क्यानडाको ६ अंक छ । उसले ४ वटा खेलमध्ये ३ वटामा जित र एउटामा पराजय व्यहोरेको हो । समान ६ अंक रहेको नेपालको नेट रनरेट भने निकै न्यून छ । तेस्रो स्थानमा रहेको यूएईले दुई खेलमा जित र दुई खेलमा हार व्यहोर्दै चार अंकका साथ तेस्रो स्थानमा रहेको छ । त्यस्तै तीन खेल मात्र खेलेका आयोजक नामिवियाको भने माथि उक्लिने सम्भावना देखिन्छ । नामिवियाले अब यूएई र केन्यासँग खेल्न बाँकी छ ।
क्यानडा पराजित भएमा
नामिवियाले अबका दुई खेलमा जित हात पा¥यो भने शीर्ष दुई उसले स्थान बनाउने पक्का छ । नेपालले क्यानडालाई हराएको खण्डमा नामिविया माथि उक्लिन एउटा जितले मात्र पनि पुग्ने अवस्था देखिँदैन । नामिवियाले यूएईलाई हराएको खण्डमा क्यानडा माथि उक्लिने छ भने यदी युएईले जितको खण्डमा भने यूएई शीर्ष दुईभित्र अटाउनेछ । नामिवियाले आफ्ना बाँकी दुबै खेल हा¥यो भने यूएई माथि उक्लिने सम्भावना अर्कोतर्फ छ । किनकी नेपालको नेट रन रेट माइनस ०.१५८ छ । नामिवियाको प्लस ०.१०५ र यूएईको नेट रन रेट सबैभन्दा उच्च प्लस १.२२१ छ । क्यानडाको प्ल १.११६ छ ।
नेपाल पराजित हुँदाको सम्भावना
यदी क्यानडासँग नेपाल पराजित भएमा नेपालको ६ अंक मात्रै हुनेछ । दोस्रो र तस्रो स्थानमा रहेका मध्ये नामिविया र यूएईमध्ये एक टोली शीर्ष दुईमा स्थान बनाउनेछ । नामिवियाले दुबै खेल जित्दा पनि ८ अंक हुनेछ । सोझै शीर्ष दुईको स्थानमा पुग्ने अवस्था छ । यूएईलाई मात्रै हराएको खण्डमा पनि नामिविया नै पुग्नेछ । यदि नामिविया यूएईसँग पराजित भई केन्यासँग विजयी भएको अवस्थामा नामिविया र युएईको समान ६–६ अंक हुने भएपनि नेट रन रेटका आधारमा यूएई शीर्ष दुईमा पुग्ने सम्भावना छ ।
लगातार तीन खेलमा पराजित केन्या पुछारमा रहेको छ भने ४ अंक जोडेको युएई तेस्रो र समान २ – २ अंक जोडेको नामिविया र ओमान चौथो र पाँचौ स्थानमा रहेको छ ।
0 Comments