Ticker

6/recent/ticker-posts

साहित्यकार निलमको ‘योगमाया’ सार्वजनिक

काठमाडाैं, फागुन । साहित्यकार निलम कार्की ‘निहारिका’द्वारा लिखित  उपन्यास ‘योगमाया’ सार्वजनिक भएको छ । योगमाया जीवनमा आधारित रहेर उनले  समाजमा रहेका हरेक प्रकारका विभेदको अन्त्यका लागि गरेको संघर्षलाई उपन्यासमा समेटिएको छ । 
हाल अमेरिकामा बस्दै आएकी निलमले नेपाल आउँदा योगमायाको जिवनीमा आधारित रहेर उपन्यास लेखेकी थिइन् । यसअघि उनले बहुचर्चित उपन्यास ‘चीरहरण’ लेखेकी थिइन् । उक्त उपन्यासबाट निलमले पद्मश्री पुरस्कारबाट सम्मानित भएकी थिइन् ।

बिसं २०३१ सालमा पाल्पामा जन्मेकी लेखिका निहारिकाको यस अघी हवन (२०६२, कथा संग्रह), ब्रेन फिभर (२०६२, कविता संग्रह), कागजमा दस्तखत (२०६५, कथा संग्रह), नीलम कार्की निहारिकाका कविता (२०६३, कविता संग्रह) र बेली (२०६८ कथा संग्रह), र 'अर्की आईमाई' (२०७० उपन्यास ) प्रकाशन गरेकी छिन्।

 विदेशमा रहेर पनि नेपाली भाषा र साहित्यमा सदैव जागरूक लेखिकाको रूपमा उनी सक्रिय छिन् ।




Post a Comment

0 Comments