Ticker

6/recent/ticker-posts

नेविसंघ प्रवक्ताको जिम्मेवारी सहमहामन्त्री जोशीलाई

काठमाडाैं, १५ फागुन । नेपाल विद्यार्थी संघका सहमहामन्त्री प्रेमराज जोशी नेविसंघ प्रवक्ता नियुक्त भएका छन् । जोशीलाई नेविसंघ अध्यक्ष नैनसिंह महरले प्रवक्तामा नियुक्त गरेका हुन् ।

कैलाली स्थायी घर रहेका जोशीले नेपाल विद्यार्थी संघको पछिल्लो महाधिवेशनबाट सहमहामन्त्रीमा चुनाव जितेका थिए ।

 काठमाडौको त्रिचन्द्र क्याम्पसबाट नेविसंघको राजनीति शुरु गरेका जोशीलाई नेविसंघको चुनाव भएको १७ महिनापछि प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

Post a Comment

0 Comments