नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशको ४१ औं प्रधानमन्त्रीका रूपमा बिहिबार पदभार ग्रहण गरेका छन् । कुनै काङ्रेस कम्युनिस्ट नभइ कन तटस्त रुपमा भन्दा ओलिजिको मनोनितमा जस्तो किसिमको अधैर्यता अपनाइयो त्यति अधैर्य रुपमा भविष्यका कामहरु ओली सरकारले नगोरोस दिगो र भरपर्दो विकासका योजना अगाडी बढाउन सक्नुहोस् भन्ने कामना गर्दछु ।
![]() |
विमल सुवेदी (कतार–दोहा) |
नेपालमा बहुदलीय प्रजातन्त्र स्थापना भएपछिको इतिहासमा कुनै पनि प्रधानमन्त्रीले आफ्नो कार्यकाल पूर्णरुपमा पूरा गर्न सक्नुभएको छैन । सर्वप्रथमत ओली सरकारले देशमा स्थायित्व स्थापना गर्न सक्नुपर्छ । हरेक पटक नयाँ प्रधानमन्त्री पाउँदा देश र जनताले अब केही राम्रो होला कि भन्ने अपेक्षा राख्नु स्वभाविक हो र वर्तमान सरकारसँग त्यही र केहि बढी अपेक्षा गरेका छन् किनकी लामो राजनैतिक खिचातानी पश्चात देश संविधान र संविधानको कार्यन्वयनका लागि आवश्यक तीनवटा निर्वाचनमा जनताले स्थायित्व र आर्थिक विकासको लागि मतदान गरेको स्पष्ट छ ।
चुनाब अगाडी देशका दुई ठूला कम्युनिष्ट पार्टीले पार्टी एकतामा जाने वचनका साथ निर्वाचनमा होमिएपछि जनताबाट अपेक्षित सहानुभूतीको मत पाउन यो गठबन्धन सफल भएको हो । देश र जनताको अपेक्षा माथी न्याय गर्न सकुन् देशको आर्थिक विकासको ढोका खोल्न र सफल हुन हार्दिक शुभकामना ।
संविधानसभाबाट नयाँ संविधान लेखन कार्य गर्ने भनेर जसरी पहिलो संविधानसभाको निर्वाचन भयो नयाँ सरकार गठन भएसँगै देश र जनताको लागि संविधान लेखन कार्यले प्राथमिकता गुमाउँदै अन्य बिषयले प्राथमिकता पाउँदा चार चार वटा बाम्पन्थी नेतृत्वको सरकार असक्षमको माला पहिरिन समेत पुगे ।
फलस्वरुप पहिलो संबिधान सभाको बिघटन समेत गर्नुपरेको अवस्था आएको तीतो यथार्थता छ । अपेक्षा एवम् भरोसा गरौं यो सरकारले स्थायित्व र आर्थिक बिकास प्राथमिकतामा राखेर काम गर्ने छ र पटकपटक सरकार र मन्त्री परिवर्तन गर्ने रोगबाट सरकार बच्ने छ । सत्ताको होडबाजीमा हुने खेलको शिकार यो सरकार भन्ने छैन र नेपाली जनातालाई खुशी र सुखी राख्न सफल हुने छ ।
राष्ट्रवाद र जनाताको बारेमा कुरा गरेर नथाक्ने मुलत कम्युनिस्ट पार्टीहरुको सुरुवाती यो गठबन्धन सरकार भोलिको दिनमा एकीकृत पार्टीको सरकारको रुपमा हेर्न र व्याख्या गर्न पाइयोस् भन्ने आशा गरौं । विशेषत यो सरकार बन्नमा एउटा भूमिका केपी ओलिकै महत्वपूर्ण रहेको छ । विगतमा छोटो समय सरकारको नेतृत्व गर्दैगर्दा ओलीजीले जनताको माझमा बाँडेका मिठा सपनाले पनि गत निर्वाचनमा कम्युनिष्ट गठबन्धनलाई बहुमतको सरकार बनाउनेतर्फ ढोका खोलिदिएको हो ।
तत्कालिन अवस्थामा हावा कुरा भनेर कसैले भन्दा स्वयम प्रधानमन्त्रीजीले भन्नुहुन्थो सपना देख्ने कुरा ठुलो हो र यो म कार्यान्वयन गरेर देखाउछु भनेर निर्वाचन अघिपछि एकोहोरो बोली रहेको सर्वविदितै छ । अब ओलीजीले आफ्नो सपना पुरा गर्ने अवसर पाउनु भएको छ । त्यो पनि स्पष्ट बहुमत सरकारको रुपमा त्यो कथनी र करनिमा फरक हुन्छ या जे बोल्यो त्योे गर्नु हुन्छ जनता ऐना झै छर्लङ हुन चाहन्छन । राष्ट्रवादलाई ठूलो हतियार बनाएर सत्तामा पुगेका स्वयम ओली सहित बामगठबन्धनका अगाडी थुप्रै प्रश्नका पेटारा तेर्सिन सक्दछन् ।
तथापी सरकारले नागरिकले भोग्दै आएका शैक्षिक बेरोजगारी, कानुनी शासन, शान्तिसुरक्षा, कृिष क्षेत्रको आधुनिकिकरण, पर्यटन विकास, यातयात तथा भौतिक सुविधा सम्बन्धी तमाम समस्या समाधानका लागि कुनै प्रभावकारी कदमको अपेक्षा गरेका छन् । बढी सजकता पुर्ण तरिकाले मदेशमा बलेको आगोलाई निभाएर पुर्व प्रधानमन्त्रीले निर्वाचन मार्फत नयाँ जनादेश लिन मदेशी जनतालाई विश्वासमा लिएर मदेशमा शान्तिको स्थिती देखा परेको छ यो आस्थायी शान्तीलाई स्थायित्व दिन र मदेशलाई विगतमा जस्तो गम्भिर मानवीय संकटमा जान नदिन पनि गम्भिरता पूर्वक निराकरणका लागि नयाँ संविधानमा आवश्यक संशोधन गरी कार्यान्वयन जान आवश्यक छ । साथै अब जनताले अधिकारको लागी आन्दोलन गर्न पर्दैन भनेर ईश्वरका नाउँमा नखाए पनि देश र जनाताको नाउमा कसम खानोस् र देश विकासमा केन्द्रीत हुुनुहोस् ।
(लेखक विगत १५ वर्षदेखि कतारस्थित दोहामा कार्यरत छन ।)
0 Comments