Ticker

6/recent/ticker-posts

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

काठमाडौं, १३ फागुन । मन्त्रालय बाँडफाँट गरे पनि सरकारमा कस–कसलाई पठाउने भन्ने टुंगो लाग्न नसक्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । एमाले र माओवादीले ११ र ७ मन्त्रालय बाँडफाँट गरे पनि दुवै दलले सरकारमा पठाउने नाम टुंगो लगाउन सकेका छैनन् ।
एमाले महासचिव ईश्वर पोखरेलले सोमबारमात्रै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए । मधेसवादी दलहरूसँग पनि छलफल नटुंगिएकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको उनको भनाइ छ । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीसमेतलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल दुवैले जोडबल गरेकाले मन्त्रिमण्डलले पूर्णता नपाएको बताइएको छ ।
यता, मधेसवादी दल भने संविधान संशोधनलगायत तराई–मधेसका मुद्दामा एमाले–माओवादीको ठोस जवाफ नआएसम्म सरकारमा सहभागी नहुने बताउँदै आएका छन् ।
एमालेले मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ भने माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर बादललाई जिम्मा दिएको छ ।

Post a Comment

0 Comments