Ticker

6/recent/ticker-posts

पार्टीलाई जोगाउन नेतृत्व परिवर्तन हुनैपर्छः नेता सिंह

काठमाडौं, १० फागुन । सत्ताबाट बाहिरिएसंगै नेपाली कांग्रेस आन्तरिक कलहमा फसकेको छ । संसदीय दलको नेता र महासमिति बैठक बोलाउने विषयमा कांग्रेसभित्र विवाद बढेको हो । 

महासमिति बैठक अगावै पार्टी पदाधिकारी र विभागहरुलाई पूर्णता दिने सभापति शेरबहादुर देउवा पक्षीय नेताहरुले दाबी गरिरहेका विभागहरुले पूर्णता पाउन नसकेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह लगायतका नेताहरुले दवाव दिएका हुन् । 

संसदीय दलको नेतामा समेत काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी प्रकाशमान सिंहले संसदीय दलको नेतामा आफ्नो दावी सार्वजनिक गरिसकेका छन् । संघीय संसदमा पहिलो र तेश्रो ठूला दल नेकपा एमाले र माओवादी केन्द्रको सरकार बन्ने भएका कारण दोश्रो ठूलो दल कांग्रेसभित्र संसदीय दलको नेतृत्व हत्याउने दौड चलेको छ । 

कांग्रेस संसदीय दलको नेता नै प्रमुख प्रतिपक्षि दलको नेता समेत हुने प्रावधानका कारण पनि कांग्रेसभित्र कलह उब्जिएको हो । हालै काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता सिंहले संसदीय दलको नेतामा आफ्नो दावी रहेको बताएका हुन् । नेता सिंहले देउवालाई सर्बसम्मत संसदीय दलको नेता बनाउन नसकिने बताए । 

कांग्रेस संसदीय दलको पूर्वउपनेता रहेका नेता सिंहले भने, ‘शेरबहादुर देउवाजीलाई सर्वसम्मत छाड्नु हुादैन भन्ने बिचार बोकेको व्यक्ति हुँ म । त्यसबारे पार्टीमा पनि छलफल चलिरहेको छ । त्यसक्रममा म अगाडि बढिरहेको छु ।’

उनले कांग्रेसलाई संस्थापक नेताहरुको बेलामा जस्तै लोकप्रिय बनाउनका लागि हालको नेतृत्व परिवर्तन हुनुपर्ने धारणा पनि राखे । ‘नेतृत्व परिवर्तनको आवश्यकता छ भनेर म अगाडि बढिरहेको छु,’ उनले भने, ‘पार्टीलाई अब जोगाउनुपर्यो ।’

हालको नेतृत्वले पार्टीलाई विधि, विधानअनुसार चलाउन नसक्दा कमजोर हुँदै गएको नेता सिंहको भनाइ थियो । त्यतिमात्र नभएर युवा तथा असन्तुष्ट नेताहरुले सभापति देउवाले पार्टी नेतृत्व छाड्नुपर्ने आवाज समेत उठाएका छन् ।

Post a Comment

0 Comments