Ticker

6/recent/ticker-posts

पत्रकार भण्डारी सम्मानित


काठमाडौं, फागुन। राष्ट्रिय समाचार समितिको वार्षिकोत्सवको अवसरमा पत्रकार जीवन भण्डारी सम्मानीत हुनु भएको छ ।  राष्ट्रिय समाचार समिति (रासस)को ५७औँ वार्षिकोत्सवको अवसरमा आज केन्द्रीय कार्यालय भद्रकाली प्लाजामा आयोजित विशेष समारोहमा भण्डारीलाई सम्मान गरिएको हो ।

राससका कर्मचारीका लागि स्वास्थ्य शिविर र स्वास्थ्य बीमा कार्यक्रम ल्याउन भूमिका निर्वाह गरेबापत अन्तर्राष्ट्रिय शाखाका उपसम्पादक भण्डारीलाई सम्मान गरेको हो । उहाँलाई कदरपत्रसहित राससका अध्यक्ष कुलचन्द्र वाग्ले, महाप्रवन्धक ओपेन्द्र शर्मा र रासस कर्मचारी संघका अध्यक्ष मनोज लामिछानेले सम्मान र पुरस्कार प्रदान गर्नुभएको हो ।

समारोहमा कर्मचारीहरुको दिर्घकालिनहित हुनेगरी रचनात्मक र अविश्मरणीय भूमीका खेलेको भन्दै राससका अध्यक्ष बाग्लेले पत्रकार भण्डारीको प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा सवै कर्मचारी र उनीहरुका परिवारका बढीमा चार जनाको स्वास्थ्य विमा गर्ने घोषणा गरिएको थियो ।

हरेक कर्मचारीको बढीमा पाँच जनाका लागि लाग्ने स्वास्थ्य विमा शुल्क प्रति परिवार २५ सय रुपैया राससले तिरिदिने र उनीले पचास हजार रुपैया बराबरको स्वास्थ्य सेवा निःशुल्क पाउने भएका छन् ।

स्वास्थ्य विमा बोर्डबाट संस्थागत रुपमा स्वास्थ्य बिमा गर्न अनुमती पाउनेमा रासस पहिलो संस्था हो । बोर्डले अवदेखि अन्य संस्थाहरुमा पनि संस्थागत रुपमा विमा कार्यक्रम लागु गर्ने जनाएको छ ।

Post a Comment

0 Comments