बाजुरा, १३ फागुन । दुर्गन्धित बन्दै गएको बाजुराको कोल्टी बजारमा स्थानीय जनप्रतिनिधिले सरसफाइ गरेका छन् ।
बजार क्षेत्रमा पटक पटक फालिएको फोहरका कारण बन्द भएको नाली जनप्रतिनिधिले खोलेका हुन् । बजार क्षेत्रका होटेल ब्यवसायीहरुलाई अव्यवस्थित तवरले फोहोर नफ्याक्न पटक पटक सचेत गराइँदा पनि नियन्त्रण हुन नसकले पछि आफूहरुनै सडकमा कुचो, बेल्चा लिएर उत्रिएको बुढीनन्दा नगरपालिकाकी उपमेयर श्रृष्टि रेग्मीले बताइन् ।
उनले भनिन्– ‘आफ्नो क्षेत्रको फोहर नियन्त्रण गर्नु सबैको साझा दायित्व हो, दबाब दिनकै लागि अहिले हामी सफाइ अभियानमा उत्रिएका हौं, आगमी दिनमा पनि बजार फोहोर गर्ने गतिविधि नरोकिए कारबाही गर्न बाध्य हुनेछौं ।’
सरसरफाई अभियानमा जिल्लामा सरकारी तथा गैर–सरकारी संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
तस्वीर ः श्रृष्टी रेग्मी
0 Comments