Ticker

6/recent/ticker-posts

भ्यालेन्टाइनको अवसरमा ‘डोकोभरी माया’ योजाना

काठमडाौं, २५ माघ ।  १४ फेब्रुअरी अर्थात ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै अनलाइन सपिङ पोर्टल स्मार्टडोकोले ‘डोकोभरी माया’ योजना शुरु गरेको छ । 

यस योजनाअन्तर्गत तीन भाग्यशाली बिजेताले तीन विशेष प्रकारको उपहार एवं विभिन्न ब्राण्डको सामान खरिदमा ५० प्रतिशत सम्मको छुट दिने कम्पनीले घोषणा गरेको छ । भ्यालेन्टाइन विशेष उपहार अन्तर्गत विजेता एक जोडीको लागि काठमाडौंको होटल ¥याडिसनमा रात्रीभोज, त्यस्तै अर्को जोडीको लागि पोखराको दहिल बुटिक होटलमा रात्रीभोज  र अर्को  जोडीको लागि काठमाडाैंकै होटल सिङ्गीमा रात्रीभोजको व्यवस्था गरिनेछ । 

त्यस्तै, स्मार्टडोकोबाट एक हजारसम्म वा सो भन्दा बढी आफ्नो प्रेम गर्ने व्यक्तिको लागि उपहार खरिद गर्ने ग्राहक लक्की ड्र का लागि योग्य हुने बताइएको छ । खरिदकर्ताले आफुले किनेको उत्पादनको फोटो वा स्क्रीनसट ह्यासट्रयाक ३मयपयदजबचष्mबथब को प्रयोग गरी फेसबुक वा इन्स्टाग्राममा अपलोड गर्नुपर्नेछ । डोकोभरी माया अभियान १ फेब्रुअरीदेखि शुरु भएको हो । यस योजना  १३ फेब्रअरीसम्म  सञ्चालन हुनेछ ।
  
यो अवधीमा सहभागीता जनाउने प्रतियोगीमध्येबाट तीन भाग्यशाली विजेताको नाम १४ फेब्रुअरीमा घोषणा गरिनेछ । अभियानअन्तर्गत लविम मलमा चाँडै नै मल एक्टीभेसन अल्टीमेट अनलाइन मेघा स्टोरले सुरुवात गर्दैछ । तत्पश्चात सो मलमा भ्रमण गर्नेहरुले मनमोहक गिफ्ट ह्याम्पर स्मार्ट डोकोबाट प्राप्त गर्न सक्नेछन् ।

घडी, पर्फयुम, जुत्ता, बुकेट, केक सफ्ट खेलौना, कस्मेटिक्स जस्ता वस्तुहरु डोकोभरी मायाले उत्कृष्ट मूल्यमा विशेष भ्यालेन्टाइन उपहार प्रदान गर्नेछ । ग्राहकवर्गले आफूलाई मनपर्ने मोवाइलफोन, विद्युतीय सामान, फेशन आइटम, वेवी केयर, पेट केयर, खानेकुरा र पेयपदार्थलगायत १८ क्याटेगोरीका वस्तुहरु स्मार्टडोकोबाट खरिद गर्न सक्नेछन् । 

प्रविधिले किनमेलमा सहजः 

अब साँच्ची नै सपिङ अझ बढि चाखलाग्दो एवम् सजिलो भएको छ । र, यसको एउटै कारण भनेको स्मार्टडोकोले काठमाडौंको रिङ्गरोडभित्र प्रदान गर्ने निशुल्क डेलिभरी सुविधा हो । यसले काठमाडौलगायत देशका अन्य शहरहरु पोखरा, धरान, इटहरी, विराटनगर, नारायणघाट, विरगञ्ज, दाङ, नेपालगञ्ज र विर्तामोडमा पनि डेलिभरी गर्नेछ ।

Post a Comment

0 Comments