Ticker

6/recent/ticker-posts

थकाली भाषा संस्कृतिको जगेर्ना गर्न पहल

काठमाडौं, फागुन । मातृभाषा र संस्कृतिको संरक्षणको लागि भन्दै थकाली सेवा समिति नेपाल जापान सम्पर्क समितिले भाषा सञ्चालन गरेको भाषा परीक्षा सकिएको छ ।
थकाली सेवा समिति जापानका अध्यक्ष वुद्धि गौचनको सहयोग र नेपाल जापान सम्पर्क समितिका अध्यक्ष सुवर्ण गौचनको संयोजकत्वमा भाषा कक्षा र परीक्षा सञ्चालन गरिएको थियो ।

२०७३ सालमा तीन महिना र अहिले ३ महिना भाषा कक्षा सञ्चालन भएको थियो । मातृभाषाको ज्ञान, संस्कृतिको रक्षा गर्ने उद्देश्यसहित सञ्चालन गरिएको भाषा कक्षा १ र २ मा सञ्चालन गरिएको थियो । जसमा ३० जना विद्यार्थी सहभागी थिए । 

कार्यक्रममा थकाली सेवा समितिका अध्यक्ष कृष्ण कुमारी गौचन र नेपाल जापान सम्पर्क समितिका अध्यक्ष सुवर्ण गौचनले थकाली भाषको लोप भएमा थकाली समूदायकै लोप हुने भन्दै भाषीक रक्षासहित सांस्कृतिक रक्षामा आफुहरु क्रियाशील रहिरहने बताएका थिए ।

 कार्यक्रममा थकाली भाषा परीक्षामा प्रथम भएका युवराज गौचन, दोश्रो भएकी विनिषा शेरचनलगायतका विद्यार्थीलाई पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

Post a Comment

0 Comments