काठमाडौँ, फागुन । समुदायमा आधारित वन सहजकर्ता सञ्जालमा (कफ्सन) नेपालको हालै सम्पन्न राष्ट्रिय महाधिवेशनले अप्सरा चापागाईँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
देशभरका ३८ जिल्लामा शाखा रहेको सञ्जालका सदस्यहरुबाट छनौट भई आएका २ सय २८ जना महाधिवेशन प्रतिनिधिहरुको उपस्थितिमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अजय विक्रम मानन्धर, महासचिवमा विना श्रेष्ठ, उप –महासचिव डिल्ली गिरी, कोषाध्यक्ष छिन्दुम भोटे सहित २५ जना सदस्यहरु रहेका छन् ।
अधिवेशनले संघीय संरचना अनुसार सातै प्रदेशमा प्रदेश संयोजक समेत चयन गरिएको छ । वि. सं २०६० सालमा ५१ जिल्लाका २५१ जना सहजकर्ताहरुको सहभागितामा सञ्जाल स्थापना भएको थियो । सञ्जालले ३८ जिल्लामा आफ्नो शाखा बिस्तार गर्नुका साथै देशभर समुदाय र वनबीच थुप्रै सहजकर्ता निर्माण गरेको छ ।
महाधिवेशनबाट “मुलुक र मुलुकवासीको समृद्धिको लागि दिगो वन व्यवस्थापन” भन्ने आगामी गन्तव्य निर्धारण गरी त्यसलाई प्राप्त गर्ने मार्गचित्र समेत वनाइएको नवनिर्वाचित अध्यक्ष अप्सरा चापागाईँले जानकारी दिनुभयो ।
0 Comments