Ticker

6/recent/ticker-posts

पार्टी एकता संयोजन समिति बैठकमा के भयो ?

काठमाडौं, १९  माघ ।  नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठकले मुख्यमन्त्री, प्रदेश सभामुख, उपसभामुख र मन्त्रिपरिषद गठन सम्बन्धमा कार्यदल जुटाएको सहमतिलाई अनुमोदन गरेको छ । 
बिहीबार सांझ बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको पार्टी एकता संयोजन समितिको बैठकले कार्यदलले बुझाएको प्रतिवेदनलाई अनुमोदन गरेको हो । 

बैठकमा पार्टी एकताको सम्बन्धमा मुख्य दुई नेताबीचमा भएको छलफल सकारात्मक दिशामा अघि बढेको र थप केही चरणमा छलफल भएपछि संयोजन समितिको बैठक बसि पार्टी एकता कार्यदल बनाउने विषयमा छलफल भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । 

बैठकले पछिल्लो समय देशलाई अत्यन्तै अप्ठ्यारो पार्ने गरि लोकतान्त्रिक मुल्य र मान्यता र नैतिकताको विरुद्ध गरेका निर्णयको घोर आपत्ती जनाउदै भत्र्सना गरेको छ ।

फरक प्रसङ्गमा एमाले उपाध्यक्ष बामदेव गौतमले मुलुकमा राजनीतिक नया सन्र्दभ सुरु हुदै गर्दाको समयमा भारतीय विदेश सचिव सुष्मा स्वराजको नेपाल भ्रमणले सम्बन्ध सुधारमा राम्रो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । बैठकमा दुवै पार्टीका अध्यक्षले एकताबारे दुई नेताबीच भएको छलफलको प्रगति बारे जानकारी गराएका थिए ।

Post a Comment

0 Comments