Ticker

6/recent/ticker-posts

मीनाको पहिलो प्रयास ‘आँखा जुध्यो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, फागुन । हालै हास्यकलारका मनोज गजुरेलसँग सम्बन्ध विच्छेद गरेर छोरीसँग बस्दै आएकी मीना ढकालले आफ्नै आवाजमा गीत सार्वजनिक गरेकी छिन् । दीपकराज पाठकको शब्द तथा राम कार्कीको संगीत रहेको ‘आँखा जुध्यो’ बोलको गीतमा मीनाले आवाज दिएकी हुन् । 

आफूभित्र गुम्सिएर रहेका भावनालाई उनले गीतमार्फत आम दर्शकमाझ पस्केकी छिन् । उनले आफ्नो पहिलो प्रयास स्वरुप गीत बजारमा ल्याएकी छिन् । गीतको भिडियो हालै युट्युवमा सार्वजनिक भएको छ । आफूभित्र रहेको प्रतिभा कुनै उमेरले झेक्दैन भन्ने हेतुले उनले नयाँ गायक तथा गायिकाको प्रेरणाको स्रोत बन्ने प्रयास गरेकी छिन् ।

उनले दुःखमा रोइ कराई गर्नुभन्दा आफू सक्षम भएर अघि बढ्नु नै जीवनको सार्थकता हुने बताइन् । आफ्नो जीवनमा आइपरेका विभिन्न कष्ट तथा वेदनालाई शक्तिमा बदलेर गरेको पहिलो प्रयासलाई दर्शक तथा स्रोताले रुचाइदिनुहुनेछ भन्ने अपेक्षा राखेकी छिन् । 

पूर्वपति मनोज गजुरेलले दिएको यातना कै कारण करिब २ वर्षसम्म डिप्रेसनको शिकार भएको बताउने मीनाले हालै बानेश्वरमा आमाछोरी बुटिक पनि सञ्चालनमा ल्याएकी छिन् । महिलाहरुले जीवन भोगाइका क्रममा भोगेका चुनौतीहरुलाई अवसरमा बदल्नुपर्ने सन्देशस्वरुप आफूले गीत सार्वजनिक गरेको बताइन् । 

गीतलाई संग्स नेपालले युट्यूवमार्फत बजारमा ल्याएको हो । गीतका विषयमा  मीनाले भनिन्– ‘सानै देखि गीत–संगीततर्फ मेरो रुची थियो, त्यो पूरा भएको थिएन, पहिलो प्रयास स्वरुप गीत बजारमा ल्याएको छु । रुचाइदिनुहुन्छ भन्ने मेरो अपेक्षा हो ।’


Post a Comment

0 Comments