काठमाडौं, माघ । कितावी ज्ञान मात्रै नभई हरेक विद्यार्थीलाई व्यवहारिक शिक्षा दिनुपर्छ भन्ने नारालाई व्यवहारमा उतार्दै आएको सुविधानगरस्थित ट्रिटन इन्टरनेशनल सेकेन्डरी स्कुलको खेल महोत्सव सकियो ।
घोडचढी, डोरी तान्ने खेल (टग अफ वार), विभिन्न दुरीका दौड, मार्चपास लगायत विभिन्न खेल समावेश गरिएको सो महोत्सवमा विद्यालयको ग्रिन हाउस (इमेराल्ड) पहिलो भएको थियो । विद्यालयमा अध्ययनरत ३४ जिल्लाको प्रतिनिधित्व गर्दै जिल्लाको नाम लेखिएको झण्डा बोकेर विद्यार्थीले मार्चपास गरेका थिए ।
विजयी हाउस तथा खेलाडीलाई ट्रिटन इन्टरनेशनल कलेजका उपप्राचार्य श्रीकृष्ण विष्ट, विद्यालयकी भाइस प्रिन्सिपल ममता शाह, निर्देशक राजन सुवेदी तथा पत्रकार एवम् स्काउट शिक्षक बलराम प्यासीले ट्रफि, पदक र प्रमाणपत्र वितरण गरेका थिए । खेल महोत्सवमा विद्यालयका सबै विद्यार्थीले भाग लिएको अतिरिक्त कृयाकलाप शिक्षक शिव गैरेले बताए ।
0 Comments