Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

रोजी पराजुली  
सन्दर्भः अन्तर्राष्ट्रिय महिला दिवस 
‘यत्र नार्यस्तु पुज्येन्ते, रमन्ते तत्र देवता ।’ शास्त्रमा भनिएको छ– जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता पनि रमाउँछन् । हामी नेपाली धर्म र संस्कृतिमा विश्वास राख्छाैं र त धार्मिक सहिष्णुता कायम छ । तर, नारीको पूजा गरेर देवतालाई नै खुशी बनाउने अवस्था कहिले आउने हो, त्यो समयले बताउँला..., अधिकार प्राप्तिका लागि संघर्ष भने यथावत राख्नैपर्छ । जनसंख्याको आधा भन्दा धेरै हिस्सा महिलाले ओगटेको नेपालमा अहिलेसम्म महिला जागरण, शसक्तिकरण र महिला अधिकारका लागि लड्नै पर्ने अबस्था बिध्यमान छ । 

नेपालको संविधानले समेत महिला अधिकारलाई सुनिश्चित गर्न मौलिक हक समावेश गरेको छ । नेपालको संविधानको मौलिक हकको धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । सो हकमा प्रत्येक महिलालाई भेदभावविना वंशीय हक हुनेछ भनी व्यवस्था गरेको छ । साथै प्रत्येक महिलालाई सुरक्षित मातृत्वप्रजनन स्वास्थ्यसम्बन्धी हक प्रदान गरेको छ । महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन भनी व्यवस्था गरेको छ । 

सो हकमा महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हुनेछ भनी व्यवस्था गरेको छ ।  संविधानले मौलिक हकमै महिलासम्बन्धी हकको व्यवस्था गरे पनि तीन वर्षभित्र कानून बनाएर कार्यान्वयन गर्ने भनिएका कारण सो हकको महिलाले प्रभावकारीरुपमा कार्यान्वयन भएको छैन । 

महिलाहरुको हक अधिकारका लागि सरकारी तथा गैर सरकारी तबरमा खुलेका संघ संस्थाहरुले केहीहदसम्म आ–आफ्नो क्षेत्रबाट काम गरिन नै रहेका छन् । यसो हुँदा पनि महिला हिंसाका घटना न्यूनिकरण हुन सकेका छैनन् । महिला अधिकारका लागि खोलिएका संघसंस्थाहरु केन्द्रिकृत हुनु हाम्रा लागि दुर्भाग्य हो । महिला हक अधिकार र जागरणका लागि खुलेका संघसंस्थाहरुले आफ्नो सक्रिय उपस्थिति ग्रामिण क्षेत्रमा गराउन सकेको देखिदैन । महिला अधिकारका नाममा काम गर्ने यस्ता संघ संस्थाहरुको काम नगरेका भने होइनन् तर, प्रभकावकारीता र निरन्तरताको अभाव भने प्रष्ट देखिन्छ । ग्रामिण क्षत्रमा कुनै कार्यक्रम लगेर जान्छन्, छोटो अवधिमा सम्पन्न गरेरे पुनः केन्द्रमै फर्किने अवस्था छ । यसले ग्रामीण महिलाहरु जागरुक हुन सकेको पाइँदैन । 

नेपाल सरकारले महिला आयोग बनाएको छ । जसको महिला सम्बन्धि विभिन्न गैर सरकारी संघ सस्थाहरुबीच घनिष्ट सम्बन्ध छ । नेपाली महिलालाई कसरी जागरण गर्ने र नेपाली महिलाको अधिकारको साथमा कसरी आत्म निर्भर गर्ने भन्ने बिषयमा नेपालमा खुलेका ट्रेड युनियन आन्दोलनले समानताका लागि लड्दै आएका पनि छन् । तर यी सस्थाहरुले पश्चिमी देशहरुको मुलुकमा राजनैतिक सत्ताको निर्वाचन गर्न ठूलो भूमिका खेल्दै आएको देखिन्छ । यसरी नै श्रमिक महिला एवं महिला अधिकारका बारेमा आवाज उठाइँदै आएको पनि पाइन्छ । 

नेपालमा संगठानिक रुपमा वि.सं.२०४७ सालदेखि महिला संगठित हुन थालेका हुन् । नेपालमा प्रजातन्त्रको स्थापना पछि मात्र महिलाका अधिकार सम्बन्धि संघ सस्था र नेपालका ट्रेड युनियनहरूले महिला अधिकारका बारेमा आवाज उठाउन थालेको पाइन्छ । महिलाहरु संगठित भएर ट्रेड युनियनमा महिला सहभागिता वृद्धि गर्दै लैजाने र महिला अधिकारको लागी ट्रेड युनियन संगठनको संरचनामा विशेष सुधारको व्यवस्था गरेर महिलालाई धेरै जागरुकता र शसक्तिकरण गरेर लैजाने भन्नेमा सबै सचेत हुँदै आएका छन् । 

महिला समानताको लागि युनियन, युनियनका लागि महिला भन्ने मूल नाराका साथ नेपालका ट्रेड युनियनहरूले महिलाको आवाज उठाउँदै आएका छन् । महिला ट्रेड युनियनहरूले महिला र पुरुषको बिचमा लैङ्गिक समानताका लागि ट्रेड युनियन कमिटी ‘टुकगेप’ गठन गरेर अघि बढेको छ । नेपाल सरकारले महिला अधिकार आयोग र श्रमिक महिला अधिकारसम्बन्धी आइएलओका विभिन्न सन्धिहरुमा नेपाल सरकारले अनुमोदन गर्दै आएको छ । महिलाको अधिकरलाई कसैले पनि हस्तक्षेप गर्न नपाउने नेपलाको ऐन तथा कानुनमा स्पष्ट तोकेको तर अझै पनि नेपालमा प्रजनन् स्वास्थ्यका विषयमा महिला तथा पुरुष विचमा विभेद रहनु दुखद् पक्ष हो । 

तर कार्यान्वय पक्ष कम्जोर भएकोले श्रम कानुन, यौन दुव्र्यवहार, समान ज्याला, सुत्केरी बिदा लगायत थुप्रै कानुनको निर्माण गरी महिलाको स्तर पुरुषको बराबर बनाउन बाँकी नै छ । अन्तर्राष्ट्रिय श्रम संगठनको विभिन्न धाराहरुमा महिला अधिकारको साथमा महिला जागरण सम्बन्धि जे जति भए पनि नेपाली महिलालाई अझैसम्म व्यवहार ल्याउन अँझै लामो समय लाग्ने प्रष्ट छ । आइएलओका अभिसन्धिहरू ८९, १८३, १५५, १५६ जस्ता महिला अधिकारसम्बन्धी अभिसन्धिहरूको अनुमोदन गर्न अझै राज्यले ढिला शुस्ती गरेको अवस्था छ । 

नेपाली महिलाहरुले नेपालको राजनीतिक परिवर्तनमा पनि ठूलो योगदान दिएका छन्। २००७ सालको जहानिय राणा शासन हटाऊ आन्दोलनमा नेपाली महिलाको ठूलो भूमिका रह्यो। २०४६ सालमा ३० बर्षे एक दलीय पंचायत ब्यबस्थालाई हटाएर प्रजातन्त्रको स्थापना गर्दा नेपाली महिलाहरुले पुरुषले जस्तै रगत बगाएकै हुन् । ०६२÷०६३ को जन आन्दोलनमा पुरुषले जस्तो दिन रात आन्दोलनमा खेटर लोकतन्त्र ल्याउन पु¥याएको भूमिका अर्को महत्वपूर्ण छँदैछ । आफ्नो ज्यानको आहुति दिएर अनि हजारौं महिला सडकमा निस्केर लाठी एवं अश्रुग्याँस खाँदै नेपालमा लोकतन्त्र स्थापना गरे । कति महिलाहरुले ज्यानको बलिदान दिएका छन् ।  कैयौं सहिद भए लेखा जोखा छैन  । 

राजनीतिक परिबर्तन हुन्छ, सत्ता परिबर्तन हुन्छ तर कानूनमा महिला अधिकारका कुरा गरिन्छन्, व्यवहारमा पटक्कै लागू हुँदैन । सत्ता प्राप्त भएपछि पुरुष हाबी हुने चलन यथावत् छ । पितृसतात्मक देशमा सबै पुरुष प्रधान सामाजिक संरचनाहरु छन् । यिनीहरुको परिवर्तन गर्न महिलालाई अझ धेरै समय लाग्न सक्छ। विश्वका महिलाहरुले गरेका कृतिहरुलाई हेर्ने हो भने विश्वको अग्लो शिखर सगरमाथामा पनि नेपाली तथा बिदेशी महिलाहरुले आरोहरण गरिसकेका छन्। सेभेन समिट नेपाली महिलाहरुले त संसारका अग्ला १५ शिखरहरु आरोहण गरि सकेका छन् । 

अंतररिक्षमा पनि महिलाले पाइटा टेकिसकेका छन् । विश्व राजनीतिक मानचित्रमा हेर्ने हो भने झन्डै ८० राष्ट्रमा महिला राष्ट्रप्रमुख भैसकेको छन् । बिज्ञान र प्रविधिको क्षेत्रमा पुरुष सरह महिला कम छैनन् । डाक्टर, इन्जियर, पाइलट, मेकानिक्स, लगायत सरकारी तथा गैर सरकारी क्षेत्रमा पनि महिलाहरुले पहुँच नपुगेको छैन । तर, अर्थपूर्ण र समान सहभागिताको अवस्था कहिले आउने ? विश्वमै जनसंख्याको हिसाबले पुरुष भन्दा महिलाको सख्या धेरै पक्कै छ तर पनि सुविधा उपभोगका हरेक दृष्टिबाट हेर्नेहो भने पुरुष हावि भएकै पाइन्छ । 

एउटी महिलालाई विभन्न रुपमा हाम्रो नेपाली समाजमा हेरिने गरिन्छ । कन्या बालकुमारी बहिनी दिदि छोरी बुहारी भाउजु फुपू आमा हजुर आमा अनेक रुपहरु छन्। हिन्दु धर्ममा देवी भगवती दुर्गा माई अनेक नाम भएर भगवान तथा मानवको सेवा गरेको हामीले धर्म शस्त्रमा सुनेका छौं । भगवानको रुपमा हामीहरुले महिलालाई पुजा पाठ पनि गर्दछौं। तर पनि कम्लरी, यौनदासीजस्ता थुप्रै उपमा महिलालाई जनावरलाई जस्तै बजारमा बिक्रि गरिन्छ । नारी हिंसाका अनेक घटना सुन्दा र देख्दा मन विरक्तिन्छ पनि । यसको प्रमुख कारक नै चेतना हो । 

जबसम्म चेतनास्तरमा वृद्धि हुँदैन तबसम्म महिला अधिकारका जति नै कुरा गरिए पनि, कानून बनाइए पनि सार्थकतासिद्ध भने हुँदैन । महिलाहरु पुरुषबाट मात्र नभई महिलाबाटै पनि पीडित हुने गरेका अनेकौं घटना सुनिन्छन्–देखिन्छन् । नेपालमा महिला हिंसा तथा अपराध नियन्त्रणका लागि बनाइएका कानूनको कार्यान्वयन पक्ष बलियो बनाउनु जरुरी छ । कानूनको अनुभूति महिलाले गर्न पाएका छैनन् । महिलाका लागि बनेको कानून भए पनि कार्यान्वयन गर्ने निकायको कमजोर कार्यशैलीका कारण महिला पीडामा छन् । त्यसैले प्राप्त अधिकारलाई प्रयोगमा ल्याउन संघर्ष गर्नैपर्छ । 

सबै नेपाली महिलाहरुमा अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply