Ticker

6/recent/ticker-posts

पत्रकार भण्डारी सम्मानित

धनगढी, १८ फागुन । डोटेली भाषा र संस्कृतिको संरक्षणमा योगदान पु¥याएवापत पत्रकारद्वय मुकुन्द भण्डारी र धिरेन्द्र चटौत सम्मानित भएका छन् । सुदूर पश्चिमाञ्चल बहुउद्देश्यीय मञ्च धनगढीले उनीहरुलाई सम्मान गरेको हो ।
पुरस्कारको राशी ११,१११ र सम्मान पत्र तथा दोसल्ला रहेको थियो । प्रदेश नं ७ का सामाजिक विकास मन्त्री दिर्घ सोडारीले पत्रकारद्वयलाई सम्मान गरेका थिए । 
समाजिक विकास संस्थाले पहिलो पटक यो सम्मान गरेको हो । सञ्चारकर्मी स्वर्गीय हेम मल्लको सम्झनामा, सु प बहुउद्देश्यीय मञ्च धनगढीको आगुवाइमा उनको परिवार, सामाजिक संघसंस्था र केही व्यक्तिहरूको सहयोगमा स्थापित ’हेम मल्ल स्मृति’ आम सञ्चार पुरस्कार स्थापना गरिएको छ । 
चटौत र भण्डारीले वि स २०५७ साल देखि  रेडियो नेपालबाट डोटेलीभाषाको समाचार, समाचार मुलक कार्यक्रमा र डोटेली भाषाको सांगितिक कार्यक्रम, हजारी माला शुरु गरेका थिए ।

सामाजिक विकास मन्त्री दिर्घ सोडारी बाट पुरस्कार थाप्दै पत्रकार मुकुन्द भण्डारी । तस्वीर : बिराज रोस्यारा

Post a Comment

0 Comments