Ticker

6/recent/ticker-posts

विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन

काठमाडौं, ३० फागुन । गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा बंगलादेशमा दीप प्रज्वलन गरिएको छ । नेपाल–बंगलादेश मेडिकल वेलफेयर सोसाइटीले बंगलादेशको सइल्हेतमा दीप प्रज्वलन कार्यक्रम गरेको हो ।
दीप प्रज्वलन कार्यक्रममा उपस्थित भएकाहरुले विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको आत्माको चीर शान्तिको कामना गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको थिए । विमान दुर्घटनामा परी  चालक दलका सदस्यसहित ४९ जनाको मृत्यु हुनाका साथै २२ घाइते भएका थिए । घाइतेहरुको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विमानमा चालक दलका चार सदस्यसहित ७१ जना सवार थिए ।

जसमा ३७ पुरुष, २८ महिला र दुई बालबालिका तथा चालक दलका सदस्य चारजना सवार थिए । तीमध्ये ३३ नेपाली, ३२ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक रहेका थिए ।






Post a Comment

0 Comments