Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, २४ फागुन । एशियाली मुलुकमा पछिल्लो समयमा बढ्दै गएको स्तन क्यान्सरलाई समयमै निदान गरी उपचार गर्न जनचेतना फैलाउने र विशेषज्ञहरुद्धारा उपचारको ज्ञान, शीप तथा प्रविधि आदान प्रदान गर्ने उद्धेश्यसहित २५ र २६ फागुनमा राजधानीमा एशियाका क्यान्सर विशेषज्ञहरुको सम्मेलन हुँदैछ । 
क्यान्सर केयर नेपाल एवम् नेशनल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर जाउलाखेलको संयुक्त आयोजनामा हुन लागेको एशियाली स्तरीय क्यान्सर सम्मेलनमा नेपाल लगायत भारत, थाइल्याण्ड, मलेसिया, म्यान्मार, सिंगापुर र थाइल्याण्डका डेढसय क्यान्सर विशेषज्ञको सहभागिता रहने छ । 

सम्मेलनको नेपाली चलचित्र जगतकी चर्चित कलाकार मनिषा कोइरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक संस्थाले जनाएको छ ।  आयोजक क्यान्सर केयर नेपाल एवम् नेशनल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरका अध्यक्ष तथा वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा.मदनकुमार पियाका अनुसार ‘तेस्रो नेशनल क्यान्सर हस्पिटल सम्मेलन २०१८’ विशेष गरि स्तन क्यान्सरको पछिल्लो अवस्थाबारे जानकार (अपडेट) हुनको लागि आयोजना गर्न लागिएको हो । 

नेपालमा मात्र नभई एसियाली मुलुकमा स्तन क्यान्सरको बढ्दो अवस्थालाई रोकथाम, समयमै निदान गर्न र यसको पछिल्लो समयमा प्रयोगमा आएको अत्याधुनिक उपचार प्रविधिबारे छलफल र अनुभव आदानप्रदान गरिने छ । 
स्तन क्यान्सरको विभिन्न विधामा कार्यरत विशेषज्ञहरुले सोधपत्र प्रस्तुत गरिनुको साथै स्तन क्यान्सरको भयावहतालाई समयमै रोक्न, समयमै रोग पहिचान गरि उपचार गराउन गरिने सहकार्यका वारेमा छलफल गरिने क्यान्सर केयर नेपालका सचिव श्यामकृष्ण जोशीले बताए ।

नौवर्षअघि गैरसरकारी संस्थाको रुपमा स्थापित क्यान्सर केयर नेपालले नेशनल अस्पताल तथा क्यान्सर रिसर्च सेन्टरसंग सहकार्य गर्दै देशका विभिन्न जिल्लामा क्यान्सर सम्वन्धि जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । 

क्यान्सरको उपचार साहै महंगो हुने भएकोले विपन्न नागरिकहरुलाई विपन्न नागरिक औषधोपचार सेवाको साथै जनमानसमा प्रभावकारी रुपमा क्यान्सर सम्वन्धि जनचेतना पुर्याई समयमै क्यान्सर पहिचान गर्ने रहेको छ । संस्थाले नौ वर्षमा ३० हजारभन्दा वढि महिलाको क्यान्सर परीक्षण गरिसकेको क्यान्सर केयर नेपालले जनाएको छ । 

यसैबीच, नीजि अस्पतालहरुले उपचारको नाउँमा सर्वसाधारणसंग चर्काे उपचार शुल्क लिएको गुनासो बढेपछि स्वास्थ्य मन्त्रालयले मुलुकभरी नीजि क्षेत्रबाट सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाहरुद्वारा लिँदै आएको उपचार शुल्क २७ फागुनसम्म सार्वजनिक गर्न निर्देशन दिएको छ । 

मन्त्रालयको चिकित्सा महाशाखाका प्रमुख डा.भोलाराम श्रेष्ठको संयोजकत्वमा गठित समितिले केहीदिन अघि सबै नीजि स्वास्थ्य संस्थाहरुलाई सो निर्देशन दिएको थियो । मत्रालयको निर्देशनपछि नीजि अस्पताल तथा स्वास्थय संस्थाहरुको छाता संगठन एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट (अफिन) को केन्द्रीय कार्यसमितिले सम्वन्धित सबै सदस्यलाई २७ फागुनभित्र आआफ्नो संस्थाले लिँदै आएको उपचार शुल्क वेभसाइटमार्फत सार्वजनिक गर्न आग्रह गरेको छ । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply