काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनामा शुक्रबार तेस्रो पटक मन्त्रिपरिषद विस्तार गरेका छन्। नवनियुक्त ११ जना मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा शपथ गराइन्।
शुक्रबार शपथ लिने मन्त्रीहरुमा एमालेका प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, रघुवीर महासेठ, रवीन्द्र अधिकारी, जगत विश्वकर्मा, शेरबहादुर तामाङ छन्। माओवादी केन्द्रका वर्षमान पुन, शक्ति बस्नेत, बिना मगर, गिरिराजमणि पोखरेल तथा चक्रपाणि खनाल रहेका छन्।
यसअघि दोस्रो पटक मन्त्रिपरिषद विस्तार हुँदा ईश्वर पोखरेल, डा.युवराज खतिवडा क्रमशः रक्षा र अर्थमन्त्री भएका थिए। माओवादीका रामबहादुर थापा र मातृका यादब क्रमशः गृह र उद्योगमन्त्री बनेका थिए।
फागुन ३ गते प्रधानमन्त्री बनेका प्रधानमन्त्री ओलीले सोही दिन लालबाबु पण्डत र थममाया थापालाई मन्त्रीमा नियुक्त गरेका थिए। उनीहरुलाई क्रमशः महिला बालबालिका तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो।
1 Comments
How To Make Money On Sports Betting
ReplyDeleteOnline apr casino sports งานออนไลน์ betting is available for a whole host of US and European sports https://septcasino.com/review/merit-casino/ betting markets. Some US states, sporting100 like Louisiana https://tricktactoe.com/ and New Jersey, allow