Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन


काठमाडौं, फागुन ।  फागू पूर्णिमा अर्थात होलीको अवसर पारेरे थाइल्याण्डमा आयोजना गरिएको ग्लोबल मोसन पिक्चर्स अवार्ड भव्यरुपमा सम्पन्न भएको छ । थाइल्याण्डको राजधानी बैंककस्थित क्रुजमा शुक्रबार मध्यराति अवार्ड वितरण गरिएको हो । अवार्ड कार्यक्रममा लागि थाइल्याण्ड पुगेका चार दर्जन बढी कलाकार तथा थाइल्याण्डमा भएका नेपाली तथा विदेशीहरुको उपस्थितिले कार्यक्रम भव्य बनेको बक्स अफिस ग्लोबल एक्टर्स फेडरेशनका अध्यक्ष रामबहादुर सुवेदी (आर.के)ले बताए । अवार्ड वितरण कार्यक्रममा नेपाली चलचित्र क्षेत्रमा सम्बद्ध कलाकार, प्राविधि तथा नाट्य क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरुलाई अवार्ड प्रदान गरेर सम्मान गरिएको थियो । कलाकारको सांस्कृतिक प्रस्तुलेले अवार्ड कार्यक्रम भव्य बनेको थियो ।

कलाकार धिरेन शाक्य, निर्माता अमृत तामाङ, निर्माता निरञ्जन ठाकुर, अञ्जना राई (ठाकुर), लगायतले ग्लोबल मोसन पिक्चर्स अवार्ड हात पार्दा निकै हर्षित बनेका थिए । त्यस्तै कलाकार सुमन सिंह, निर्माता संगीता चौलागाई लामिछाने, सुरज सिंह, राजेशकुमार शाह, मोडल पप्पु सिंह, सुरज खड्का, निर्माता केदार ढुंगाना, सन्नी शाक्य, दीपेन्द्र ढुंगाना, विकाश शाक्य, जोनस खोजु, मोडल रुपा लामा, राजकुमार केसी, देवेन्द्रमान सिंह, तीलबहादुर कार्की, थियटर कलाकार अमिषा बस्नेत, नायिका सीमा केसी, नायक सोहित मानन्धर, बरिष्ठ गीतकार तथा डिजाइनर सुन्दर श्रेष्ठ, निर्माता बसन्तकुमार श्रेष्ठ, निर्माता प्रितम लामिछाने, हल व्यवसायी सुरेन्द्र तण्डुकार, दुर्गालाल प्रधान, निर्माता कलाकार राजु श्रेष्ठ, निर्माता अमृत तामाङ, सुवाश थापा लगायतका व्यक्तित्व ग्लोबल मोसन पिक्चर्स अवार्डबाट सम्मानित भएका थिए ।

सामाजिक क्षेत्रमा दत्तचित्त भएर निरन्तर रुपमा लागि परेका अग्रज स्रष्टाहरुलाई सम्मान, भावी पुस्ताहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका अवार्डको आयोजना गरिएको हो । अवार्ड आयोजना गरेरै गिनिज बुक अफ् द वल्र्ड रेकर्डमा समेत नाम लेखाई हाल पृथ्वी परिक्रमाको अभियानमा रहेका सुवेदीले ग्लोबल मोसन पिक्चर्स अवार्ड अन्य अवार्ड भन्दा पृथक बनेको बताए । यस अवार्ड कार्यक्रमले नेपाली चलचित्रको क्षेत्रमा नयाँ आयाम थपेको समेत दाबी गरे । उनले भने– ‘अवार्ड कार्यक्रमले कलाकारहरुलाई हर्षित बनाउनु स्वभाविकै हो, अझ अवार्डकै क्रममा कलाकारहरुको होली र १३८ औं बक्स अफिस रमाइलो मत्रीपूर्ण फुटबलले पनि झन कार्यक्रमलाई सुनमा सुगन्ध थप्ने काम ग¥यो ।’ उक्त रमाइलो फुटबल कलाकार र निर्माताबीच भएको थियो । जसमा कलाकारको टोली २–१ गोल अन्तरले विजयी भयो ।

त्यसो त सधैं आम दर्शकलाइ मनोरञ्जन प्रदान गर्ने पर्दा आगाडि तथा पर्दा पछाडिका फिल्मी कलाकार थाइल्याण्डमा होलीसँगै रमाइलो फुटबलका लागि मैदानमा उत्रिँदा निकै गर्बको महशुस गरिरहेका थिए । व्यस्त जिवनबाट केही फूर्सदिलो बनेका उनीहरुले दिल खोलेर सामुद्रिक किनारामा होली खेले । नेपालीहरुको फागू पर्वलाई थाइल्याण्डमा पनि उसैगरी मनाए एक आपसमा माया र सद्भाव देखाएर । ‘सामुद्रिक किनारामा खेलिएको कलाकारको होली विदेशीहरु पनि लोभिएका थिए । आयोजक सुवेदीले राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड, ब्लक वस्टर नेपाली चलचित्र अवार्ड र विश्व भ्रमण विशिष्ट नागरिक सम्मान कार्यक्रम लगायतका अवार्डसमेत गर्दै आएका छन् ।




«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply