Ticker

6/recent/ticker-posts

राष्ट्रिय चिकित्सक दिवसमा कार्यक्रम

काठमाडौं, फागुन । नेपाल चिकित्सक संघको स्थापना दिवसलाई राष्ट्रिय चिकित्सक दिवसको रुपमा मान्दै चिकित्सकहरु आवद्ध विभिन्न संघसंस्थाले आइतबार छैठौं राष्ट्रिय चिकित्सक दिवस मनाएको छ ।
‘सुरक्षित स्वास्थ्यकर्मी, सर्वसुलभ उपचार, गुणस्तरीय सेवा स्वास्थ्यका पुर्वाधार’ नाराका साथ यो वर्ष छैठौं राष्ट्रिय चिकित्सक दिवस मनाइएको हो ।
सरकारी चिकित्सक संघ, डक्टर्स सोसाइटी अफ नेपाल, योङ डक्टर्स एशोसियसन, रेजिडेण्ट डक्टर्स अफ नेपाल न्याम्स (र्यान) लगायतका संघसंस्थाहरुको सहभागितामा ती संस्थासंग आवद्ध चिकित्सकहरुले वीर अस्पतालदेखि प्रभातफेरी आयोजना गरेका थिए । 
प्रभातफेरीपछि पुनः वीर अस्पताल प्रांगणमा पुगेर कोणसभामा पुगेपछि ति संस्थासंग आवद्ध चिकित्सकहरुले सम्वोधन गर्दै चिकित्सकहरुको हकहीतको बारेमा बोलेका थिए ।
यसरी बोल्ने चिकित्सकहरुमा सरकारी चिकित्सक संघका अध्यक्ष डा.दिपेन्द्र पाण्डे, डक्टर्स सोसाइटी अफ नेपालका अध्यक्ष डा.तोसिमा कार्की, यो¨ डक्टर्स एशोसियसनका संयोजक डा.राम थापा क्षेत्री, रेजिडेण्ट डक्टर्स अफ नेपाल न्याम्स (र्यान)का अध्यक्ष डा.बम बहादुर केसीलगायत थिए ।

Post a Comment

0 Comments