Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, २२ फागुन । अन्तर पार्टी मगर युवा सञ्जालको केन्द्रीय अध्यक्षमा दिपा आले चयन भएका छन् । त्यसैगरी वरिष्ठ उपाध्यक्ष कोकिल अस्थानी, महिला उपाध्यक्ष अम्विका थापा, महासचिव ईमानसिह राना, सचिव गगन पुन र कोषाध्यक्षमा सरिता राना चयन भएका हुन् ।

१३ सदस्यीय उक्त कार्यसमितिमा सदस्यहरु ऐमुना थापा, श्याम राना, रेम पुन, सन्तोष मगर, तिलक मगर, एमुना राना र रोहित लामिछाने चयन भएका हुन् । त्यसैगरी सञ्जालको सल्लाहकारमा रेनुका काउचा, डम्मर गरम्जा र दिपेश पुन चयन भएका हुन् ।

जुनसुकै विचारमा आस्था भएता पनि मगर युवाहरुलाई राजनीतिक लगायत राज्यको हरेक क्षेत्रमा अगाडि बढाउने उद्देश्यले यो सञ्जाल गठन भएको हो । 

सञ्जाल गठन लगत्तै राजनीतिक पार्टीहरुमा रहेका राजनीतिज्ञ, समाजसेवी, वुद्धिजिवि, व्यापारी तथा मगर समुदायसंग सम्पर्क समन्वय गरी मगर समुदाय लगायत राज्यदेखि पछाडी परेका समुदायको विकासकोलागि यो सञ्जालले काम गर्नेछ । 

एकल ढंगले, एकल जातीले र सम्पन्नवादीहरुको सोंचले बनाएको संरचनाको खबरदारी गर्दै समग्र युवाहरुको भविष्य सुनिश्चित गर्नकोलागि यो सञ्जाल क्रियाशील हुनेछ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply