Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

बलराम प्यासी 
भक्तपुर, चैत । ‘जन्मदिनमा केक र चकलेट नवाँडी त्यसको चौथाई खर्चमात्रै जोगाएर पनि राम्रो काम गर्न सकिन्छ’ भन्ने कुरा भक्तपुरको एभरेस्ट इंगलिस स्कुलले विगत नौ वर्षदेखि प्रमाणित गर्दै आएको छ । वर्षमा एकदिन आउने जन्मदिनमा प्रति विद्यार्थी एकचोटी न्यूनतम २ सय र शिक्षक तथा कर्मचारीबाट एकहजार रुपैयाँमात्रै जम्मा गर्दा पनि धेरै रुपैयाँ जम्मा भएर राम्रो काम गर्न सकिने उदाहरण एभरेस्ट स्कुलले दिँदै आएको हो ।

यसरी जन्मदिनमा संकलित रकम, विद्यालयका शिक्षक, विद्यार्थीको सहभागितामा २०६६ सालमा स्थापित ‘एभरेस्ट जन्मदिन कोष’मा जम्मा गर्ने गरिएको छ । जन्मदिनको अवसरमा स्वेच्छिक रुपमा संकलित सो कोषबाट यो वर्ष हुम्ला र नुवाकोटका दुई सामुदायीक प्राथमिक विद्यालयमा पुस्तकालय स्थापनाका लागि ३ लाख ९३ हजार ३ सय ७२ रुपैयाँ बराबरको किताव उपहार दिइएको छ ।

यो वर्षका दुई विद्यालयसहित सो कोषबाट नौ वर्षको अवधिमा ओखलढुंगा, संखुवासभा, रामेछाप, खोटांग, कालिकोट, अछाम, कास्की, दैलेख नुवाकोट र हुम्ला गरि १० जिल्लाका सामुदायीक विद्यालयमा पुस्तकालय स्थापना गरिसकिएको कोषका संस्थापक एवम् एभरेस्ट इंगलिस स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले बताए ।

अलिअलि रकम धेरैजनाबाट जम्मा गरी दुर्गमका सामुदायीक विद्यालयमा पढ्ने विद्यार्थीलाई पुस्तकालय मार्फत शैक्षिक विकासमा सहयोग गर्नु सो कोषको उद्धेश्य हो ।

कोषका सद्भावनादूत एवम् राष्ट्रगानका सर्जक प्रदिपकुमार राई (व्याकुल माइला) एभरेस्ट इंगलिस स्कुलले स्थापना गरेको जन्मदिन कोषको अनुसरण गर्दै अहिले राजधानीका अरु विद्यालयले पनि जन्मदिन कोष स्थापना गर्न थालेको बताउँछन ।

एभरेस्ट जन्मदिन कोषबाट यो वर्ष सुन्दरादेवी प्राथमिक विद्यालय थाप्रेक ६ कुलकुले, नुवाकोटलाई २ लाख ५ हजार २३६ रुपैयाँ बराबरको १ हजार २ सय ६६ थान र तातोपानी प्राथमिक विद्यालय, केर्मी, हुम्लालाई १ लाख ८८ हजार १ सय ३६ रुपैयाँ बराबरको १ हजार २ सय ६६ थान पुस्तक उपहार दिइएको छ ।

विद्यालयको ३५ औं वार्षिकोत्सवका अवसरमा विहीबार विद्यालयमा आयोजित कार्यक्रममा सुन्दरादेवी प्राथमिक विद्यालयका प्रधानाध्यापक अशोककुमार श्रेष्ठ र तातोपानी प्राथमिक विद्यालयका दाता कुमार लामामार्फत ती पुस्तक हस्तान्तरण गरिएको हो । लामा, तातोपानी प्राविलाई शैक्षिक सहयोग गर्दै आएको संस्था तातोपानी हिमालयन चिल्ड्रेन सोसाइटीका अध्यक्ष हुन ।

विद्यालयका संस्थापक प्रिन्सिपल तथा जन्मदिन कोषका संस्थापक भक्त राजभण्डारी, भाइस प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारी, जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य, शिक्षासेवीद्वय बालमुकुन्द बासुकला र विश्वराम कवाँ तथा भक्तपुर नगरपालिका २ का अध्यक्ष हरिप्रसाद बासुकलाको उपस्थितिमा कोषका पदाधिकारी र विद्यार्थीले ती पुस्तक नुवाकोट र हुम्लामा दुई विद्यालयलाई हस्तान्तरण गरेका थिए ।

२०६६ सालमा स्थापित सो कोषबाट पहिलोवर्ष भक्तपुर जिल्ला अस्पताललाई ८८ थान कम्वल (ओड्ने) दिएर शुरुवात गरिएकोमा २०६७ सालमा ओखलढुंगा जिल्लाको हिलेपानीस्थित महादेवस्थान माविलाई ८१ हजार ३१३ रुपैयाँ बराबरको पुस्तक, २०६८ सालमा संखुवासभा जिल्लाको चैनपुरस्थित सरस्वती माविलाई ९५ हजार रुपैयाँ बराबरको पुस्तक उपहार दिइएको थियो ।

यसैगरि २०६९मा निष्ठा म्युजिकको तर्फबाट ५० हजारसमेत थपगरि रामेछाप जिल्लाको गोठपानीस्थित चण्डेश्वरी उमाविलाई २ लाख २५ हजार रुपैयाँ बराबरको, २०७०मा खोटाङ्ग जिल्लाको सल्लेस्थित जनता माविलाई १ लाख ६७ हजार ३९३ बराबरको, २०७१मा कालिकोट जिल्लाको फोइकोटस्थित महादेव उमाविलाई १ लाख ९० हजार १९४ रुपैयाबराबरको पुस्तक उपहार दिइएको थियो ।

२०७२मा कोषबाट अछाम जिल्लाको टोट्केसाल कालिकास्थानको महेन्द्र माविलाई १ लाख ८० हजार रुपैयाँबराबरको १ हजार ५४३ थान पुस्तक तथा २०७३मा कास्की जिल्लाको सिक्लेसस्थानस्थित अन्नपूर्ण माविका लागि एकलाख ६५ हजार ६२९ रुपैयाँ बराबरको १ हजार ५०१ थान किताव र दैलेख जिल्लाको तोलिजैसीस्थानस्थित मालिका माविलाई एक लाख ६३ हजार ९१७ मुल्य बराबरको १ हजार ५०१ थान किताव उपहार दिइएको थियोे ।

सोहीवर्ष कोषको १ लाख ११ हजार १११ सहित विद्यालय तथा कर्मचारी र अन्य शुभचिन्तकबाट प्राप्त ३ लाख ३३ हजार रुपैयाँ अन्वेशक महावीर पुनको आविश्कार केन्द्रको लागि सहयोग गरिएको कोषका संस्थापक राजभण्डारीले बताए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply