Ticker

6/recent/ticker-posts

कोटीहोम महायज्ञ तथा तुलादान कार्यक्रमको आम्दानी र खर्च सार्वजनिक

काठमाडौं, २१ फागुन । विश्व जागरण महाअभियान ट्रष्टले पशुपतिको वनकालीमा आयोजना गरेको पशुपति कोटीहोम महायज्ञ तथा तुलादान कार्यक्रमको आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको छ । 

वनकाली क्षेत्रमै पत्रकार सम्मेलन गरेर विश्व जागरण महाअभियान ट्रष्टले कोटीहोमको खर्च विवरण सार्वजनिक गरेको हो । ट्रष्टका अनुसार १५ दिने कोटीहोममा २ करोड ५५ लाख ८६ हजार १ सय ७१ रुपैया आम्दानी भएको जनाएको छ । 

त्यस्तै,  ९४ लाख ७३ हजार २ सय २६ रुपैया खर्च भएको ट्रष्टले जनाएको छ । फागुन ४ गतेदेखि फाुगन १९ गतेसम्म सञ्चालन भएको कोटीहोममा ५० वर्ष नाघेका ६ हजार भन्दा बढी श्रद्धालु भक्तजनले तुलादान गरेका थिए । 

कोटीहोममा संकन भएको रकममध्ये अक्षय कोषमा जम्मा भएको रकम भने ट्रष्टको कोषमै रहने छ । बाँकी रकम विश्व जागरण महाअभियान ट्रष्टको आश्रम निर्माण लगायत वृद्धाश्रम निर्माणमा खर्च गर्ने जनाएको छ ।


Post a Comment

0 Comments