Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, वैशाख । पत्रकार तथा गीतकार बलराम प्यासीद्वारा रचित बालगीत ‘वावा मलाई खेलौना होइन राम्रो शिक्षा दिनुस्, ममी मलाई पैसा होइन असल संस्कार दिनुस्’को म्युजिक भिडियो तयार भएको छ । छायांकन र सम्पादनको काम सकिए लगत्तै यसै हप्तादेखि युट्युबका साथै विभिन्न टेलिभिजनका बालकार्यक्रममा सो गीत हेर्न र सुन्न पाइँने छ ।

प्रतिविम्व कला केन्द्र नेपालटार बालाजुको प्रस्तुतिमा तयार भएको सो म्युजिक भिडियोको निर्देशन सो कला केन्द्रका निर्देशक केसांग लामा र रोमा लामाले गरेका हुन् । सो बालगीत २०७२ सालको राष्ट्रिय बालदिवसको अवसरमा रेडियो नेपाल र नेपाल बाल संगठनको संयुक्त आयोजनामा आयोजित राष्ट्रव्यापी बालगीत प्रतियोगितामा गायनतर्फ उत्कृष्ट भएको थियो भने शव्दतर्फ प्रशंसा पाएको थियो । ८ वर्षीया गायीका समृद्धि परियारले गाएको सो बाल गीत मुलुकभरका ३६ प्रतियोगिलाई उछिनेर पहिलो स्थान हासिल गर्न सफल भएको थियो साथै गीतले नगद १५ हजार, ट्रफि र प्रमाणपत्र जितेको थियो । 

संगीतकार गोपाल अधिकारीद्वारा संगितवद्ध तथा बालगायिका समृद्धि परियारद्वारा गाइएको गीतको छायांकन वरिष्ठ कलाकार लक्ष्मण विक्रम बस्नेतको नेपालटारस्थित निवास र नेशनल मोडेल इंगलिस स्कुल नेपालटार विद्यालयमा छायांकन गरिएको हो । 

वरिष्ठ कलाकार बस्नेत, गीतकार प्यासी, संगीतकार अधिकारी, गायिका परियारको साथै काजल केवि तथा बालकलाकारहरु जोनिश अधिकारी, प्रियंका र करिना पौडेलल ेसो म्युजिक भिडियोमा भूमिका निभाएका छन् ।  

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply