Ticker

6/recent/ticker-posts

एसओएसद्वारा निर्मित २८४ नयाँघर हस्तान्तरण


काठमाडौं, वैशाख । एसओएस वालग्रामले २०७२ बैशाखको महाभूकम्पमा परि घरवार गुमाएका भूकम्पपीडितका लागि २ सय ८४ वटा नयाँ पक्की पारिवारिक घर बनाइदिएको छ । ‘सबै वालवालिकाको लागि मायालु घर’को रुपमा परिचित एसओएसले बाबुआमा गुमाएका वालवालिकाको संरक्षण पनि गरेको छ ।


एसओएस वालग्राम अन्र्तराष्ट्रियको सहयोगमा एसओएस वालग्राम नेपालले भूकम्पमा परि पूर्णरुपमा घर क्षति भएका सिन्धुपाल्चोक जिल्लाको साविक भिमटार गाविस ६, ७ र ८ नं वडामा पीडितका लागि १ सय ७७ वटा नयाँ पक्की नीजि घर बनाइदिएको छ ।

यसैगरि दोलखाको लाकुँरीडाँडामा १ सय ७ वटा गरि २ सय ८४ वटा नयाँ घर बनाइदिएको छ । यसका साथै भिमटार र लाकुँरीडाँडामा वहुउद्धेश्यीय सामुदायीक भवन समेत बनाइदिएको एसओएस वालग्राम नेपालका निर्वतमान राष्ट्रिय निर्देशक श्रीशंकर प्रधानांगले बताए । यी दुवै ठाउँका नँया घरहरु सम्वन्धित घरधनीलाई अर्काे हप्ता हस्तान्तरण गरिने कार्यक्रम रहेको वालग्रामले जनाएको छ ।

घरवार नभएका वालवालिकाको संरक्षण र शिक्षादिक्षामा कठिनाई हुने भएकोले वालग्रामले नयाँ घर बनाइदिएको जनाएको छ ।

यसका साथै वालग्रामले ती दुवै जिल्लामा एक÷एकवटा नया सामुदायीक विद्यालय भवन बनाइदिनुका साथै काभ्रेको र्यालेमा पनि एउटा नयाँ सामुदायीक विद्यालय भवन बनाइदिएको वालग्रामले जनाएको छ । ती निज घर बनाइदिनुअघि वालग्रामले सम्वनिधत घरधनीलाई सहभागी गराई डकर्मी तालीम समेत दिएको थियो ।

यसका साथै भूकम्प प्रभावित काठमाडौं, ललितपुर, भक्तपुर, गोरखा, नवाकोट, काभ्रे, सिन्धुपाल्चोक र दोलखामा पुराना विद्यालय भवनहरुको जिर्णाेद्धार पनि गरेको जनाएको छ । साथै विभिन्न जिल्लाका ९ वटा विदालयमा कम्प्युटर प्रयोगशाला, पुस्तकालय, खेलकूद र शैक्षिक सामग्री प्रदान गरेको थियो ।

भूकम्पलगत्तै एसओएस वालग्राम नेपालले ‘आकस्मिक सहायता कार्यक्रम’ मार्फत भूकम्प प्रभावित १२ जिल्लामा भूकम्प गएको तत्कालैदेखि पीडित वालवालिकाको उद्धार, राहत, खाद्य सामाग्री र औषधि वितरणमात्रै नभई उनीहरुलाई अस्थायी आवासको समेत व्यवस्था गरेको वालग्रामले जनाएको छ ।  

यसको अतिरिक्त बाबुआमा दुवै गुमाएका वालवालिकालाई ९ वटा एसओएस वालग्रामका घरमा स्थायी संरक्षण दिएको थियो भने बाबु या आमामध्ये एकजना गुमाएका वालवालिकाको हकमा उनीहरुलाई ती वालग्राममा अस्थायी संरक्षणमा राखेर उनीहरुकै घरमा पुर्नस्थापना गरेको वालग्रामले जनाएको छ ।

वालग्रामका अनुसार भूकम्पप्रभावित जिल्लाका महिलाहरुको आयआर्जन वृद्धि गरि जीवकिोपार्जनमा सघाउ पुरयाउन साना तथा मझौला व्यवशाय, गाइवस्तु पालन लगायतको लागि आर्थिक सहयोग गरेको बताएको छ ।

वालग्रामको ‘आकस्मिक सहायता कार्यक्रम’ बाट तीनवर्षको अवधिमा वालवालिका तथा उनीहरुका अभिभावक गरि २८ हजार ३७७ जना लाभान्वित भएको वालग्रामले जनाएको छ ।

Post a Comment

0 Comments