Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

तुलशी क्याप्टेन, सृष्टि भाइस-क्याप्टेन 
काठमाडौं, बैशाख । प्रजातान्त्रिक पद्धति अनुसार काव्य स्कुल नयाँबानेश्वरमा बिहीबार सम्पन्न क्याप्टेन, भाइस क्याप्टेन तथा हाउस क्याप्टेन र भाइस क्याप्टेन छान्ने निर्वाचन सौहाद्रपूर्ण रुपमा सम्पन्न भयो ।



संघीय, प्रदेश सभा र स्थानीय तहको निर्वाचनको जस्तै गरि सबै प्रकृया पुर्याएर सञ्चालन गरिएको सो निर्वाचनमा संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, सार्क प्रतिनिधिको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकसमेतको सहभागिता थियो । 

कक्षा ४ देखि १० सम्मका विद्यार्थी गरि ३६० मतदाता रहेको मतदानमा ४ मत अर्थात करीव एक प्रतिशत) मात्रै वदर भएको प्रमुख निर्वाचन आयुक्त एवम् सामाजिक विज्ञान विषयका विभागिय प्रमुख गणेश दाहालले बताउनुभयो ।
निर्वाचनमा एलेक्ट्रोल मत समेत गरि ४ सय ७६ मत ल्याएर तुलशी शर्मा स्कुल कयाप्टेन भएभने ३ सय ४९ मत ल्याएर सृष्टि लामिछाने भाइस क्याप्ेटन बनीन । तुलशीका निकटतम प्रतिद्धन्दी इशान गौतमले १ सय ५७ र सृष्टिका निकटतम प्रतिद्धन्दी सुशान्त राजभण्डारीले २ सय ८७ मत ल्याएका थिए ।

यसैगरि शाकुन्तल सदनको क्याप्टेनमा संस्कार काफ्ले निर्विरोध निर्वाचित भएभने भाइस क्याप्टेनमा ४९ मत ल्याएर सम्राट रेग्मी निर्वाचित भए । यसैगरि सुलोचना सदनमा कोशिश घले ६५ मत ल्याएभने भाइसक्याप्टेनमा आयुषा कोइरालाले ३७ मत ल्याएर विजयी भइन् ।

यसैगरि प्रोमेथस सदनको क्याप्टेनमा अनुज्ञा सापकोटाले ५५ मत ल्याएर जितीन भने जोनिश अधिकारीले ४६ मत ल्याएर भाइसक्याप्टेनमा जिते । यसरी नै वनकुसुम सदनमा सृजना कँडेल निर्विरोध निर्वाचित भइन भने७० मत ल्याएर सुमन गुरुंग भाइसक्याप्टेनमा विजयी भए । नवनिर्वाचित पदाधिकारीहरुलाई बिहीबार नै शपथ गराएर पद वहाली गराइएको थियो । 

निर्वाचनमा माध्यमिक इन्चार्ज ठमनाथ लम्साल र प्राइमरी इन्चार्ज सन्ध्या रिजाल संयुक्त राष्ट्रसंघको प्रतिनिधि बन्नुभएको थियो भने युरोपियन युनियनको प्रतिनिधिमा सुस्मा रायमाझि र अर्जुन थापा मगर हुनुहुन्थ्यो । यसैगरि शिक्षक पार्वती अधिकारी र विनोद थपलिया सार्क पर्यवेक्षक तथा विक्रम न्यौपाने र अनुप चापागाइ निर्वाचन अधिकृत हुनुहुन्थ्यो । स्थानीय थर्ड आइ क्लवका युवा क्लयका अध्यक्ष तथा पदाधिकारीहरुले स्वतन्त्र पर्यवेक्षण गरेका थिए । 

मदतानका लागि सबै मतदाता विद्यार्थीहरु विहान ८ बजेदेखि नै विद्यालय परिसरमा लामवद्ध भइ भूँईमा पलेटी कसेर पालो कुरीबसेका थिए । निर्वाचनको सबै र्पकृयाका बारेमा विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले विद्यार्थीलाई जानकारी गराउनुभएको थियो । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply