Ticker

6/recent/ticker-posts

लिट्टिल बुद्धलाई ‘कालो चिया’ चढाउँदै बुद्धजयन्ती

बलराम प्यासी
काठमाडौं, बैशाख ।  पछिल्लो समय केटाकेटीदेखि किशोरकिशोरी र युवाहरूमा अनुशासन, सहयोगी भावना, शिष्टता, आदर, दयाभाव र राष्ट्रियता हराउँदै गएकोमा सम्बद्ध समाजसुधारकले चिन्ता व्यक्त गरेका छन् ।
यस्तो अवस्थामा युरासिया रेयुकाई १५औं शाखाले सोमबार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरूलाई राष्ट्रियतादेखि शिष्टता, दयाभाव सिकाउने पहल गरेको छ । 
२५६२औं बुद्ध जयन्तीको अवसर पारेर सो शाखाले शाखा कार्यालय कौशलटारमा आयोजित एक कार्यक्रममा सानो बुद्ध अर्थात् लिटिल बुद्धलाई कालो चिया र फूल चढाउँदै सो कार्यको शुभारम्भ गरेको हो । कार्यक्रममा १ सयभन्दा बढी विद्यार्थीले लिटिल बुद्धलाई कालो चिया (ब्ल्याक टि) चढाउँदै आफूहरू असल बन्ने प्रण गरेका थिए । 

केटाकेटी, किशोरकिशोरी र युवामा पुर्खाप्रतिको सम्मान, अग्रजहरूको आदर, अनुशासित, दया, सहयोगी तथा सकारात्मक भावना जगाइ असल नागरिक बनाउने विश्वव्यापी संस्था रेयुकाई अभियानका संस्थापक अध्यक्ष युसुन मासुनागाले बालभेला अर्थात् ‘म्यो इचिकाई’ कार्यक्रम सुरु गरेका थिए । 

बुद्ध जयन्तीको अवसर पारेर संसारभरिका रेयुकाई शाखामा यो कार्यक्रम मनाइने गरेको युरासिया रेयुकाई १५औं शाखाका जिम्मेवार निर्देशक (सिबुचो) प्रविणकुमार गुरुङले बताए ।  केटाकेटीको भेला अर्थात् जापानी भाषामा ‘म्यो इचिकाई’ कार्यक्रममा बोल्दै  युरासिया रेयुकाई १५औं शाखाका जिम्मेवार निर्देशक –सिबुचो) गुरुङले पछिल्लो समय साना केटाकेटीदेखि युवासमेतमा राष्ट्रभक्ति, अनुशासन, दयाभाव, आफ्ना अग्रज र पुर्खाहरूप्रतिको सम्मान र आदरभाव हराउँदै गएकोमा चिन्ता व्यक्त गरे ।

‘समाजमा ठूलो हैन, असल व्यक्ति बन्न आदरभाव, दयाभाव, शिष्टतालगायतका गुण सबैमा हुनु जरुरी छ’ निर्देशक गुरुङले भने । ‘अग्रजलाई नमस्कार गर्ने र धन्यवाद भन्ने संस्कार पछिल्लो पुस्तामा हराइसक्यो, अरू शिष्टता, सहयोगी  र दयाभावको कुरा त परै जाओस्, गुरुङले गुनासो गरे ।  

कार्यक्रममा अध्यक्ष प्रेम राई, सिबुचो दुर्गा बानियाँ तथा देवु मुडभरीलगायतले कार्यक्रमका सहभागी बालबालिकालाई असल नागरिक बन्न सुझाएका थिए ।

Post a Comment

0 Comments