काठमाडौं, बैशाख । एसओएस वालग्रामले काभ्रेको पनौति नगरपालिका १ रयाले पर्खालचौरमा नवनिर्मित श्री शान्ति निकेतन मावि भवनको एसओएस वालग्राम अन्तर्राष्ट्रियका अध्यक्ष सिद्धार्थ कौल तथा एसओएस वालग्राम जर्मनीका कार्यकारी बोर्ड अध्यक्ष डा.कि भोर्वडले संयुक्तरुपमा सोमबार उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा अन्तर्राष्ट्रिय अध्यक्ष कौल तथा एसओएस जर्मनीका अध्यक्ष डा.भोर्वडले नवनिर्मित विद्यालयको साँचो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद सापकोटा र प्रधानाध्यापक राम केसीलाई संयुक्तरुपमा हस्तान्तरण गरेका थिए ।
४ करोड ४२ लाख २८ हजार रुपैयाँ लागतमा निर्माण गरिएको सो विद्यालयमा ३ सय २५ अध्ययनरत छन् ।
२०७२ साल १२ बैशाखको भूकम्पमा परि पूर्णरुपमा क्षति भएको सो विद्यालय भवन एसओएस वालग्रामको आकस्मिक सहायता कार्यक्रम (इआरपि—इमर्जेन्सी रेस्पोन्स प्रोग्राम) मार्फत नयाँ भवन निर्माण गरिएको एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक इश्वरीप्रसाद शर्माले बताए ।
यसैगरि एसओएस वालग्राम अन्तर्राष्ट्रियका अध्यक्ष सिद्धार्थ कौलले आइतबार सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका १२ नं वडास्थित नवनिर्मित सामुदायिक केन्द्रको पनि उद्घाटन गरेको एसओएस वालग्रामले जनाएको छ । त्यस ठाउँमा निर्मित १७७ वटा घर र भिमेश्वर माविको भने राष्ट्रपति विद्या भण्डारीले आइतबार उद्घाटन गरेकी थिइन ।
0 Comments