
युरो सिनीयरदेखि कक्षा १ र २ का विद्यार्थीलाई अभिनयमार्फत नर्स र विरामी बनाई परिवारका कुनैपनि सदस्य साधारण विरामी पर्दा थर्ममिटरबाट ज्वरो नाप्ने तरीका, डाक्टरले लेखेको औषधि खुवाउने तरीका, विरामीलाई पानीपट्टी लगाउने र खानेकुरा खुवाई आवश्यक रेखदेख गर्न सिकाइएको विद्यालयका प्रवन्ध निर्देशक नवराज काफ्लेले बताउनुभयो ।


शिक्षिक सम्जना बस्नेतको संयोजकत्वमा आयोजित सो कार्यक्रमका लागि विद्यालयले नागरिक सामुदायिक अस्पतालबाट एकजना नर्स लगेर विद्यार्थीलाई विरामी जाँच्ने यन्त्र स्टेथस्कोप, थर्ममिटर, औषधि, नर्सले लगाउने एप्रोनलगायतका विषयमा पनि जानकारी गराइएको थियो ।
कार्यक्रममा नर्सिङ पेशाको शुरुवात गर्ने फ्लोरेन्स नाइटिंगेल र उनले गरेको विरामीको निश्वार्थ सेवाबारे विद्यार्थीलाई जानकारी गराइएको थियो । विद्यार्थीलाई कितावीमात्रै नभई सानैदेखि व्यवहारिक ज्ञान दिने उद्धेश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
No comments: