Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, बैशाख । एसओएस वालग्राम नेपाललाई वालसंरक्षणमा आधारितवाल संरक्षण पुरस्कार ‘डेयर फर केयर २०१७ फस्र्ट रनर अप’ (Dare4Care Award 2017  1st.Runner up) प्रदान गरिएको छ । 
एसओएस वालग्राम अन्तर्राष्ट्रियद्वारा स्थापित सो पुरस्कार एसओएस वालग्राम नेपालले वैकल्पिक स्याहारमा रहेका वालवालिकाको संरक्षण, रेखदेख र उचित शिक्षा दिक्षामा गरेको विशिष्ट सेवाको लागि प्रदान गरिएको हो । 

एसओएस वालग्राम नेपालले १२ बैशाख २०७२ को भूकम्पलगत्तै देखि भूकम्प प्रभावित १२ जिल्लामा वैकल्पिक स्याहारको कार्यक्रममा उत्कृष्ट कार्यको मुल्यांकन गरेपछि सो पुरस्कार प्रदान गरेको हो ।

पहिलो चरणमा विश्वका १३५ मुलुकमध्ये उत्कृष्ट ८ को छनौटमा परेकोमा अन्तिम मुल्यांकनमा भने नेपाल दोस्रोमा छानिएको थियो । 

नेपालको दुईहप्ते भ्रमणमा रहेका एसओएस वालग्राम अन्तर्राष्ट्रियका अध्यक्ष सिद्धार्थ कौलले सो पुरस्कार एसओएस वालग्राम नेपालका अध्यक्ष डा.ज्योति रत्न धाख्वा तथा राष्ट्रिय निर्देशक इश्वरीप्रसाद शर्मालाई सानोठिमीमा आयोजित एक कार्यक्रममा हस्तान्तरण गरे ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply