Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

बलराम प्यासी
काठमाडौं, बैशाख ।  भूकम्पलगायत विविध कारणले शारिरीक अपांगता भएका वालवालिकाको लागि एसओएस वालग्राम इ.भि.जर्मनीले करीव २ करोड ४० लाखरुपैयाको लागतमा जोरपाटीमा सुविधासम्पन्न वहुउद्धेश्यीय अपांगमैत्री वालगृह बनाईदिएको छ । सो वालगृहका शौचालय लगायत सबै कक्षमा ह्विलचियर पुग्ने गरि र्याम्प बनाइएको छ । एसओएस वालग्रामको ‘आकस्मिक सहायता कार्यक्रम’ अन्र्तगत २०७२ साल १२ बैशाखको भूकम्पमा परि शारिरीक अपांगता भएका र अन्य कारणले अपांगता भएका वालवालिकाका लागि सो वहुउद्धेश्यीय भवन बनाइएको हो ।

नवनिर्मित भवनमा आवश्यक उपकरण सहितको फिजियोथेरापि उपचार कक्ष, वालवालिका उपचार कक्ष, सभाकक्ष सहित ४ कोठे कार्यालय कक्ष र ८ वालवालिका, उनीहरुको स्याहार गर्ने आमा र काकी गरि १० जना बस्न मिल्ने ‘पारिवारिक घर’ रहेको छ ।

नेपाल अपांग महासंघको सहकार्यमा खगेन्द्र नवजीवन केन्द्रले एसओएस वालग्राम जोरपाटीलाई ३९ वर्षअगाडि उपलब्ध गराएको ८ रोपनी परिसरभित्र सो भवन बनाइएको वालग्रामको जोरपाटीका योजना निर्देशक रविन नेपालीले बताए । त्यहाँ रहेको वालग्राममा सन् १९८१ देखि शारिरीक अपांगता भएका ४२ जना वालवालिका आश्रीत छन ।

नवनिर्मित वहुउद्धेश्यीय भवनको मंगलबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले उद्घाटन गरे भने एसओएस वालग्राम इ.भि.जर्मनीका अध्यक्ष डा.काय भर्वाडले त्यसमा रहेको पारिवारिक घरलाई ‘काय परिवारिक घर’ नामाकरण गरि वालवालिकालाई समर्पण गरेको घोषणा गरे ।

कार्यक्रमकी विशेष अतिथि महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले ‘काय परिवारिक घर’को साँचो वालग्रामकी आमा प्रतिनिधि सुश्री सरस्वती महर्जनलाई हस्तान्तरण गरीन ।

नवनिर्मित वहुउद्धेश्यीय भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा वालग्रामका योजना निर्देशक रविन नेपालीले वालग्राममा आश्रीत शाििररीक अपांगता भएका र सुस्तमनस्थिति भएका वालवालिकाको बारेमा जानकारी गराएका थिए ।

एसओएस वालग्राम नेपालका राष्ट्रिय अध्यक्ष डा.ज्योतिरत्न धाख्वाले भवन बनाइदिने दाता एसओएस वालग्राम इ.भि जर्मनीलाई धन्यवाद दिएका थिए । त्यस अवसरमा एसओएस वालग्राम अन्तराष्ट्रियका अध्यक्ष सिद्धार्थ कौलको पनि उपस्थिति थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply