ललितपुुर, जेठ । क्यान्सरलगायत अन्य जटिल खालका रोगको उपचारको लागि वर्षेनि करोडौं रुपैया विदेशिने गरेको तथ्यलाई मध्यनजर गर्दै ‘नेपालीलाई नेपाल’ नाराका साथ हरिसिद्धि ललितपुरस्थित नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर स्थापना भयो । उपचारको लागि विदेशिने क्रम रोक्नु अस्पतालको पहिलो उद्धेश्य रहेको अस्पतालको दावी छ ।
उता, विपन्न नेपालीहरुका लागि सहयोग जुटाउन ‘नेपालीले नेपालीलाई’ भन्ने मुल नाराका साथ विदेशका विभिन्न मुलुकमा छरिएर बसेका आर्थिक रुपमा सम्पन्न गैरआवासिय नेपालीहरुको संस्था ‘गैरआवाशिय नेपाली संघ’ (एनआरएनए) स्थापना गरियो ।
ती दुवै संस्था नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर र गैरआवासिय नेपाली संघ (एनआरएनए) वीच सो अस्पतालमा उपचारका लागि आउने विपन्न क्यान्सररोगीको उपचार सहयोग लगायतका ४ वुँदामा सम्झौता भएको छ ।
अस्पतालका अध्यक्ष डा.सुदिप श्रेष्ठका अनुसार विभिन्न मुलुकमा बसेर संघमा आवद्ध रहेका सदस्यको परिवारका सदस्यलाई सो अस्पतालमा क्यान्सर उपचारमा विशेष सुहलियत दिनुका साथै विपन्न क्यान्सररोगीको उपचारको लागि सहयोग जुटाउने विषयमा सम्झौता भएको हो ।
संघकी उपाध्यक्ष सपिला राजभण्डारी तथा अस्पतालका अध्यक्ष डा. श्रेष्ठबीच भएको दुईपक्षिय सम्झौतामा अस्पतालको लागि उपकरण, जनशक्ति, विदेशमा हुने क्यान्सरसम्वन्धि तालीममा समेत संघले सहयोग गर्ने बताइएको छ ।
नेपाल क्यान्सर अस्पतालको नारा ‘नेपालीलाई नेपाल’ र गैरआवाशिय नेपाली संघको नारा ‘नेपालीले नेपालीलाई’ भन्ने दुवै संस्थाको मिल्दोजुल्दो नारालाई व्यवहारमा उतार्न नै आपसी सम्झौता भएको अध्यक्ष डा.श्रेष्ठले बताए ।
अस्पतालको पहिलो उद्धेश्य क्यान्सरको उपचारको लागि विदेशिने हजारौं नेपालीलाई स्वदेशमै रोकेर गुणस्तरीय उपचार दिन नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर सक्रिय रहेको उल्लेख गर्दै अध्यक्ष डा.श्रेष्ठले संघमार्फत विदेशमा रहेका नेपालीका स्वदेशी आफन्तलाई उपचारको लागि भारत लगायत तेस्रो मुलुकमा नजान सल्लाह सुझाव दिने काममा संघले सहयोग गर्नेछ ।
विदेशमा बस्ने नेपालीहरुको सानो सहयोगबाट पनि नेपालका धेरै विपन्न क्यान्सररोगीको उपचारमा टेवा पुग्ने भएकोले संघमार्फत विदेशमा सहयोग संकलन कार्य (च्यारिटी प्रोग्राम) गर्नसक्ने अध्यक्ष डा.श्रेष्ठले बताए ।
पछिल्लो समयमा सो अस्पतालमा क्यान्सरको उपचारको लागि आउने विरामीको चाप निकै बढेकोले ५० शै्याको अस्पताललाई २ सय श्ैयया बनाउन लागिएको पनि उनले बताए ।
अध्यक्ष डा. श्रेष्ठका अनुसार नेपाल क्यान्सर अस्पतालले कान्ति वाल अस्पतालको सिफारिसमा उपचारका लागि आएका क्यान्सर पीडित वालवालका तथा विपन्न महिलाहरुको लागि सहुलियतमा उपचार गर्दै आएको छ ।
गैर आवासिय नेपाली संघकी उपाध्यक्ष सपिला राजभण्डारीले अस्पतालसंग भएको सम्झौताले समग्रमा विपन्न क्यान्सरोगीको उपचारमा केही हदसम्म भएपनि टेवा पुग्ने विचार व्यक्त गरीन ।

0 Comments