काठमाडौं, १६ जेठ । नुवाकोटको ककनीस्थित नेपाल स्काउटको अन्र्तराष्ट्रिय तालीम केन्द्रमा बुधबारदेखि मुलुकभरीका स्काउट विद्यार्थीहरुको महाकुम्भ ‘तेस्रो नेपाल स्काउट ज्याम्बोरी’ शुरु हुँदैछ । नेपाल स्काउटका संरक्षक एवम् प्रधानमन्त्री केपी ओलीले बिहीबार उद्घाटन गर्ने तय भएको सो ज्याम्बोरी २१ जेठसम्म सञ्चालन हुनेछ ।
नेपालका ७ प्रदेशका ७० भन्दा बढी जिल्लाका करीव ५ हजार स्काउट सहभागी हुने ५ रात ६ दिने सो ज्याम्बोरीमा ४० भन्दा बढी विभिन्न कृयाकलाप समावेश गरिएको नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक चन्दन कौशिकले बताए ।
विभिन्न जिल्लाबाट स्काउटहरु ककनीमा आउन थालेपछि यतिखेर बालाजुदेखि ककनीसम्मको सवारी यातायात व्यस्त देखिएको छ ।
ज्याम्बोरीस्थलमा सहभागी ५ हजार स्काउटको लागि स्वच्छ खानेपानी, खाने सुत्ने पाल (टेण्ट) को व्यवस्था, कृयाकलाप तथा आवासको सुरक्षा, शौचालय लगायतको सम्पूर्ण व्यवस्था मिलाइसकिएको संयोजक कौशिकले बताए । संयोजक कौशिकका अनुसार ज्याम्बोरीको लागि ककनीसम्म पुग्ने सडकको सुधारको साथै ज्याम्बोरीस्थलमा उच्च भोल्टेजको छुट्टै विजुली ट्रान्सफरमर राखिसकिएको छ ।
ज्याम्बोरीमा नेपालका स्काउटहरुको अतिरिक्त भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स, श्रीलंकाका साथै एशिया प्रशान्त क्षेत्र (एपिआर) का सदस्य मुलुकका स्काउट, (एपिआर) संगठनका पदाधिकारीका साथै विश्व स्काउट संगठनका केन्द्रीय कोषाध्यक्ष सहित अमेरिका समेतका स्काउटहरुको सहभागिता रहने संयोजक कौशिकले बताए ।

नेपालमा पहिलो स्काउट ज्याम्बोरी भएको ३२ वर्ष तथा दोस्रो ज्याम्बोरी भएको ५ वर्षपछि तेस्रो ज्याम्बोरी हुन लागेको हो । २०४३ साल १६ देखि २२ चैतसम्म किर्तिपुर, काठमाडौंमा पहिलो र २०६९ साल २७ चैतदेखि २०७० साल २ बैशाखसम्म चितवनको टिकौलीमा दोस्रो ‘नेपाल स्काउट ज्याम्बोरी’ सञ्चालन भएको थियो ।
पहिलो ज्याम्बोरी तत्कालिन राजा वीरेन्द्रबाट, दोस्रो ज्याम्बोरी तत्कालिन मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीबाट उद्घाटन भएको थियो ।
पहिलो ज्याम्बोरी तत्कालिन राजा वीरेन्द्रबाट, दोस्रो ज्याम्बोरी तत्कालिन मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीबाट उद्घाटन भएको थियो ।
विभिन्न थरीका साहसिक, मनोरञ्जनात्मक, ज्ञानवर्दक लगायत गरि करीव ४० किसीमका स्काउटिंग कृयाकलाप समावेश गरिएको नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका सदस्य एवम् कृयाकलाप उपसमितिका संयोजक दिपेश केसीले बताएका छन् ।
कृयाकलाप उपसमितिका संयोजक केसीका अनुसार ज्याम्बोरीको महत्वपूर्ण कृयाकलाप तथा स्काउटहरुको पहिलो रोजाईमा रहेको विभिन्न कृयाकलाप गर्न ठाउँ तयारीका लागि १ जेठदेखि करीव ३ सय जना स्काउट शिक्षकदेखि रोभर र रेन्जर (युवा) स्काउटहरु खटिइरहेका छन् ।

टिकौली चितवनमा सम्पन्न दोस्रो ज्याम्बोरीको सुरक्षा व्यवस्थापनमा उल्लेखनीय जिम्मेवारी निभाएका नेपाल स्काउट सिन्धुपाल्चोक जिल्लाका जिल्ला आयुक्त ÷नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका सदस्य एवम् सुरक्षा उपसमितिका संयोजक देवदूत अधिकारीले ज्याम्बोरीस्थलको सुरक्षामा कसैले औंला ठड्याउन नसक्ने गरि २४ सै घण्टा सुरक्षा दस्ता तयारी अवस्थामा राखिएको बताए ।

संयोजक कौशिकका अनुसार करीव ३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको सो ज्याम्बोरीका लागि नेपाल सरकारले २ करोड रुपैयाँ प्रदान गरिसकेको र नपुग रकम नेपाल स्काउटले वेहोर्ने छ ।
तेस्रो ज्याम्बोरी सफल पार्न नेपाल स्काउटका प्रमुख संरक्षक प्रधानमन्त्री ओलीको अध्यक्षतामा उच्चस्तरीय ज्याम्बोरी सल्लहकार समिति, प्रमुख स्काउट एवम् युवा तथा खेलकूदमन्त्री जगतबहादुर बिश्वकर्माको अध्यक्षतामा मुल समारोह समिति, तदर्थ समितिका संयोजक चन्दन कौशिकको अध्यक्षतामा १५ सदस्यीय व्यवस्थापन समिति र तदर्थ समितिका सदस्य गौतम अधिकारीको संयोजकत्वमा ज्याम्बोरी सचिवालय समिति गठन गरिएको छ । यसका साथै अन्य १७ वटा उपसमिति गठन गरिएको छ ।
0 Comments