Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, जेठ । आगामी आर्थिक वर्ष २०७५/७६ लाई समृद्धिको इतिहास रच्ने आधार वर्ष हुने सरकारले आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

संघीय संसद्को बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अहिलेको सरकारले लोकप्रियताका लागि मात्र नभइ काम गरेर लोकप्रियता कमाउने उल्लेख छ ।
सबै प्रकारको विभेद अन्त्य गरी शान्ति र स्थायित्वको आधार तयार पार्न यो सरकार लाग्ने उनको दाबी छ ।

आगामी आर्थिक वर्षमा दोहोरो अंकको नजिकको आर्थिक वृद्धि हासिल गर्ने र आगामी ५ वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धि प्राप्त गर्ने सरकारको लक्ष्य छ । त्यस्तै, आगामी ५ वर्षमा प्रतिव्यक्ति आय दोब्बर बनाउने राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply