Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, बैशाख ।  पत्रकार तथा गीतकार बलराम प्यासीद्वारा रचित वालगीत ‘वावामलाई खेलौना होइन राम्रो शिक्षा दिनुस, ममी मलाई पैसा होइन असल संस्कार दिनुस’को म्युजिक भिडियो मंगलबार सार्वजनिक भएको छ ।
प्रतिविम्व कला केन्द्र नेपालटार बालाजुको प्रस्तुतिमा तयार भएको सो म्युजिक भिडियोको निर्देशन सो कला केन्द्रका निर्देशक केसांग लामा र रोमा लामाले गरेका थिए ।  सो वालगीत २०७२ सालको राष्ट्रिय वालदिवसको अवसरमा रेडियो नेपाल र नेपाल वाल संगठनको संयुक्त आयोजनामा आयोजित राष्ट्रव्यापी वालगीत प्रतियोगितामा गायनतर्फ उत्कृष्ट भएको थियो भने शव्दतर्फ प्रशंसा पाएको थियो ।

संगीतकार गोपाल अधिकारीद्वारा संगितवद्ध तथा वालगायीका समृद्धि परियारद्वारा गाइएको गीतको छायांकन वरिष्ठ कलाकार लक्ष्मण विक्रम बस्नेतको नेपालटारस्थित निवास र नेशनल मोडेल इंगलिस स्कुल नेपालटारमा छायांकन गरिएको थियो । 

वरिष्ठ कलाकार बस्नेत, गीतकार प्यासी, संगीतकार अधिकारी, गायीका परियारको साथै काजल केवि तथा वालकलाकारहरु जोनिश अधिकारी, प्रियंका र करिना पौडेलले सो म्युजिक भिडियोमा मौन भूमिका निभाएका छन् । ८ वर्षकी गायीका समृद्धि परियारले गाएको सो वालगीत मुलुकभरका ३६ प्रतियोगिलाई उछिनेर पहिलो भएको सो गीतले नगद १५ हजार, ट्रफि र प्रमाणपत्र जितेको थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply