Ticker

6/recent/ticker-posts

चर्चित मोडल कमल सिंहको अभिनयमा “ नजिक यति भएरपनी” आधुनिक गीत सार्वजनिक




















































एक पछि अर्को उत्कृष्ट म्युजिक भिडियोहरूमा अभिनय गरेर सबैको मन जित्न सफल पछिल्लो समयमा राम्रै चर्चा बटुलेका कैलाली,धनगढीमा जन्मिएर हाल काठमाडौँलाई आफ्नो कर्म थलो बनाउँदै नेपाली गीत सङ्गीतको क्षेत्रमा क्रियाशील मोडल कमल सिंहले नेपाली सांगीतिक क्षेत्रका चल्तिका दर्जनौ गीतमा उनले मोडलिङ गरिसकेका छन् ।
उनले नेपाली फिल्म क्षेत्रका बहुचर्चित निर्दोशक तथा नाइकासंग काम गरिसकेका छन् । साङ्गितिक करीयर उचाइमा पुग्न सफल भएको र उनि निकै ब्यस्त हुन थालेको कमलले जानकारी दिए । उनको फेरी अर्को उत्कृष्ट आधुनिक गीत “ नजिक यति भएरपनी ” को भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा स्वर चर्चित गायिका मेलिना राईको छ भने सङ्गीत कन्काईष्ट राई र टेक तामाङको शब्द सृजनामा गीत बजारमा आएको हो । भिडियोमा चर्चित नाइका तथा मोडल वर्षा सिवाकोटीले कमललाई साथ दिएकी छिन, माया प्रेम भित्रका पिडालाई देखाउन खोजिएको भिडियोमा निकेश खड्काको निर्देशन विकास धमलाको सम्पादन रहेको छ भिडियोलाई बुद्ध थापा र टिमले खिचेका छन ।
गीतको भिडियो

Post a Comment

0 Comments