Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन


काठमाडौं । ने वि संघले आइतबार सरकारबिरूद्ध प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थ लगायत उपभोग्य बस्तुमा भएको मूल्य बृद्धिको बिरोधमा नेपाल विद्यार्थी संघले भृकुटी मण्डपबाट बिरोध प्रदर्शन गरेको छ ।


सरकारले पट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नलिएसम्म आन्दोलन अझै सशक्त बनाउने ने वि संघका केन्द्रीय सदस्य प्रेमबहादुर शाहीले बताएका छन् । स्वचालित मूल्य सूची लागू गर्दापनि अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपनि सरकारले मूल्य बढाएको भन्दै सडक आन्दोलको विकल्प नभएको उनको भनाइ छ ।

आइतबार मूल्य वृद्धिको विरोधमा रत्नराज्यलक्ष्मी क्याम्पस बाट प्रदर्शन गर्दै विद्यार्थीहरू त्रिचन्द्र कलेज लगायतका ठाउँमा पुगेका थिए । आन्दोलनलाई सम्बोधन गर्दै ने वि संघका केन्द्रीय सदस्य प्रेमबहादुर शाहीले भने, ‘सर्बहारा,गरीव,मजदूरका नाममा राजनीति गर्दै सरकारमा पुगेका नेपालको कम्युनिस्ट पार्टी आज पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर सर्बसाधारणको दैनिक जीवनसँग खेलबाड गर्दै छ ।
विरोध कार्यक्रममा काठमाडौंका विभिन्न कलेजका नेविसंघ निकट हजारौं विद्यार्थीको सहभागिता रहेको थियो।


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply