Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं । बेबिलोन नेशनल स्कुल शान्तिनगर, काठमाडौंले शताब्दि पुरुष एवम् इतिहास तथा संस्कृतिवीद् सत्यमोहन जोशीलाई बेबिलोन स्रस्टा सम्मान २०७५ बाट सम्मान गर्ने निर्णय गरेको छ । 
१५ हजार ५५५ नगद राशी तथा ताम्रपत्रसहितको बेबिलोन स्रस्टा सम्मान २०७५ बाट शताब्दिपुरुष जोशीलाई सम्मान गर्ने निर्णय गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल राजु राईले बताउनुभयो ।  इतिहास तथा संस्कृतिको जगेर्ना, प्रवद्र्धन तथा संरक्षणमा शताब्दि पुरुष जोशीले पुर्याउनुभएको विशिष्ट योगदानको उच्च कदर गर्दै उहाँलाई बेबिलोन स्रस्टा सम्मान २०७५बाट सम्मान गर्न लागिएको हो ।

बेबिलोन स्कुल बेलायत सरकारको शैक्षिक संस्था ब्रिटिस काउन्सिलबाट स्थापित अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार (इन्टरनेशनल स्कुल अवार्ड, आइएसए) २०१५—२०१८ बाट पुरस्कृत विद्यालय हो । विद्यालयले यही असार १० गते एक विशेष कार्यक्रमका साथ शताब्दि पुरुष जोशीलाई सो स्रस्टा सम्मान अर्पण गर्ने संस्थापक प्रिन्सिपल राईले बताउनुभयो । 

प्रिन्सिपल राईका अनुसार सोही दिन विद्यालयले मौलिक लोकसंस्कृतिको जर्गेना गर्ने उद्धेश्यका साथ दोस्रो उपत्यकाव्यापी राष्ट्रिय नृत्य तथा वाद्यवादन प्रतियोगिता आयोजना गर्दैछ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply